शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

संकट व्यवस्थापक नेपालमै उत्पादन हुँदै


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २२, २०८१
  • 70
    SHARES

काठमाडौं । संकट व्यवस्थापनको लागि आवश्यक व्यवस्थापकीय जनशक्ति नेपालमा उत्पादन हुन थालेपछि प्रभावकारिता बढ्दै गएको छ ।

नेपालमा समर्पण एकेडेमीले विगत १० वर्षदेखि संकट व्यवस्थापनको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस एकेडेमीमा अध्ययन गरिसकेका विद्यार्थीहरुले नेपाल भित्र आइपर्ने संकटलाई व्यवस्थापन गर्दै आएका छन् ।

केही समय अगाडिसम्म संकट व्यवस्थापनको लागि विदेशी विज्ञको भर पर्नुपर्ने अवस्था थियो । त्यो अब बिस्तारै हट्दै गएको छ । पछिल्ला ५ वर्ष यता नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले आफ्ना अधिकृतहरुलाई संकट व्यवस्थापनको अध्ययन गर्न प्रोत्साहित गर्दै आएका छन् ।

आइतबार विभिन्न सेमेस्टारमा अध्ययन गरिरहेका विद्यार्थीबीच गरिएको प्रयोगात्मक अभ्यासको समापन समारोहमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का विज्ञ सदस्य तथा विपद् व्यवस्थापन विज्ञ डा. गंगालाल तुलाधरले नेपाल धेरै प्रकारको विपद् र जोखिमले घेरिएर रहेकाले कुनै पनि बेला आइपर्ने संकटलाई व्यवस्थापन गर्न धेरै दक्ष र तालिमप्राप्त जनशक्ति आवश्यक रहेको बताए ।

समर्पण एकेडेमीले उत्पादन गरेका प्रशिक्षित र दक्ष जनशक्तिले प्रभावशाली काम गर्नसक्ने उनको भनाइ थियो । नेपालमा जलवायुजन्य विपद्को जोखिम कम गर्न पनि संकट व्यवस्थपकहरुको महत्वपूर्ण भूमिका रहने उनलेब ताए ।

‘हाम्रो कलेजको एकमात्र उद्देश्य एउटा प्रभावकारी क्राइसेस म्यानेजर उत्पादन गर्ने हो । त्यो साह्रै प्रभावकारी, प्रभावकारी मात्रै होइन । हामीले क्राइसिस म्यानेजर उत्पादन गर्नुपर्नेछ । दुई सय ४० जना यात्रुहरु बोकेको एउटा विमान अप्रत्याशित रुपमा असनको मध्यचोकमा खस्यो भने कसरी पार लगाउने भन्ने सम्पूर्ण ज्ञान भएको र आफूलाई एक्टिभेट गर्नसक्ने म्यानेजर हामीले उत्पादन गर्न खोजेको हो । अब निकट भविष्यमा के आउँदैछ भने बार्पाकदेखि पश्चिमतिरको भूखण्डमा ८.४ म्याग्नीच्युडको भूकम्प कुनैपनि बेला जानसक्छ भनिएको छ । हाम्रो क्राइसिस म्यानेजरहरु त्यो ठाउँमा काम गर्ने परिस्थिति जन्मिओस् । उसले त्यो खालको अवस्थालाई सहज रुपमा आफूलाई कमाण्डरको रुपमा उपस्थित गराउन सकोस् र त्यतिबेलाको खोज उद्धार प्रभावकारी बन्न सकोस्,’ तुलाधरले भने ।

समर्पण एकेडेमीका अध्यक्ष सनद बस्नेतले बल प्रयोग गरेर व्यवस्थापन गरिने पद्धति बिस्तारै परिवर्तन हुन थालेको बताए । संकट व्यवस्थापन नै पढेको जनशक्तिले गर्ने व्यवस्थापकीय कार्य गुणस्तरीय र प्रभावकारी हुने उनको भनाइ थियो ।

संकट व्यवस्थापन कार्यलाई होसियारीपूर्वक सम्पादन गर्न नसके झनै ठूलो संकट निम्तिने भन्दै एकेडेमीबाट पास आउट भएका विद्यार्थीले गुणस्तरीय काम गर्न सक्षम हुने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }