शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

१० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति दिन निजी विद्यालयलाई काठमाडौं महानगरपालिकाको निर्देशन


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २४, २०८१
  • 60
    SHARES

काठमाडौं । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयहरुलाई १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको छ । संस्थागन विद्यालयका कक्षा १० सम्मका १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था छ ।

महानगरपालिकाको शिक्षा विभागले आज सूचना जारी गर्दै महानगरपालिका क्षेत्रमा सञ्चालित सबै संस्थागत विद्यालय (निजी स्कुल)ले कम्तीमा १० प्रतिशत छात्रवृत्ति रितपूर्वक वितरण गर्नुपर्ने जनाएको छ ।

यो व्यवस्था कार्यान्वयन गराउन पटकपटक अनुरोध गर्दा जेठ २३ गतेसम्ममा महानगर क्षेत्रका ४७३ संस्थागत विद्यालयले छात्रवृत्तिको विवरण उपलव्ध गराएको महानगरपालिकाले जनाएको छ । त्यसरी विवरण उपलव्ध गराउने विद्यालयहरुको विवरण पनि महानगरले सार्वजनिक गरेको छ ।

‘छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयहरुले काठमाडौँ महानगरपालिका शिक्षा विभागमा तीन दिनभित्र माग भएको छात्रवृत्ति विवरण उपलव्ध गराउनु पर्नेछ,’ महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘अन्यथा त्यस्ता विद्यालयहरुलाई शैक्षिक सत्र २०८१ मा सञ्चालनमा नरही बन्द विद्यालयको रुपमा अभिलेखीकरण गरी त्यस्ता विद्यालयहरुमा विद्यार्थी भर्ना नगर्न/नगराउन र गराएको भए अन्यत्र स्थानान्तरण गर्नसमेत अभिभावकलाई सूचित गरिने छ ।’

महानगरले रितपूर्वक १० प्रतिशत छात्रवृत्ति उपलव्ध नगराउने निजी विद्यालयहरुलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने चेतावनीसमेत दिएको छ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }