शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एप्पलले आईफोन १५ सिरिजको लागि पाँच वर्षसम्म सफ्टवेयर सपोर्ट प्रदान गर्ने


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ २७, २०८१
  • 92
    SHARES

काठमाडौं । एप्पल आफ्नो आईफोनहरूको लागि लामो सफ्टवेयर सपोर्ट विन्डोजको लागि परिचित रहेतापनि कम्पनीले आधिकारिक रूपमा वर्षहरूको निश्चित संख्याको बारेमा भने वाचा गर्ने गरेको छैन।

यद्यपि एन्ड्रोइड संसारमा यो निकै फरक हुने गरेको र व्यावहारिक रूपमा सबै डिभाइस निर्माताहरूले कुनै न कुनै प्रकारको सफ्टवेयर सपोर्ट (समर्थन) को वाचा गर्ने गरेका छन्।

गुगल र सामसङ आ–आफ्नो सम्बन्धित फ्ल्यागशिपहरूको लागि सात वर्षको सपोर्टको प्रतिज्ञा गर्दै यसमा पूर्ण रूपमा अगाडि रहेका छन्।

यसै क्रममा एप्पललाई नयाँ बेलायती नियमहरूले आफ्नो आईफोन १५ परिवारको लागि न्यूनतम सपोर्ट विन्डो घोषणा गर्न बाध्य पारेको हुनाले कम्पनीले विशेष गरी आईफोन १५ प्रो म्याक्सका लागि पाँच वर्षको सपोर्ट प्रदान गर्ने भएको छ। तर, यो मुख्य प्रतिस्पर्धी मानिएको एन्ड्रोइडहरूको भन्दा दुई वर्ष कम हो।

विगतमा कम्पनीले पाँच वर्षभन्दा माथिका लागि सपोर्ट प्रदान नगरेको तर अहिले कम्पनीलाई उक्त अवधिभन्दा थप अवधि  समेत लम्ब्याउन सक्नेछ।साथै एप्पलले उपलब्ध गराउने  यो पाँच वर्षसम्मलाई न्यूनतम अवधिको रुपमा लिईएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }