शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने

दुर्घटना उद्धारको पूर्वाभ्यास गरिँदै


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २८, २०८१
  • 45
    SHARES

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार अथात् आज दिउँसो आधा घण्टाका लागि बन्द हुने भएको छ ।  सोमबारका अपराह्न १ बजे हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरुको सहभागितामा विमानस्थल संकटकालीन योजना अनुसार विमानमा हुने दुर्घटनाको पूर्वाभ्यास गर्न लागिएको हो ।

अभ्यासको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागि हुने विभिन्न निकायहरु बीच सहयोगको अभिवृद्धि गराउने तथा सहभागि निकायहरुले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिबृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको संचालन छिटो भन्दा छिटो सुचारु गराउने रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको पनि देख्न सकिने क्यानले जनाएको छ । साथै अभ्यासको क्रममा १ बजेदेखि साढे १ बजेसम्म विमानस्थलको अपरेशन बन्द हुने भएकोले नियमित उडान अवतरण प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

यो विमानस्थल संकटकालिन योजनाको अभ्यास गर्नु पर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड तथा यस विमानस्थलको एयरपोर्ट इमरजेन्सी प्लानअनुसार गरिने योजनाबद्ध अभ्यास भएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }