शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारको स्थायित्वका लागि सबै लोकतन्त्रवादी शक्तिहरुले सोच्नुपर्ने बेला आएको छः शेखर कोईराला


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २८, २०८१
  • 50
    SHARES

 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकारले मुलुकमा सुशासन दिन नसकेको बताउनुभएको छ ।

काँग्रेस नेता कोईरालाले अहिले मुलुकमा आर्थिक विकास हुने सम्भावना पनि नरहेको जिकिर गर्नुभयो । शैलजा आचार्यको १५ औं स्मृति दिवसको अवसर पारेर सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सबै लोकतन्त्रवादीहरुले सरकारको स्थायित्वको लागि सोच्नुपर्ने बेला आएको पनि बताउनु भयो । नेता कोईरालाले विपी र शैलजा आचार्यलाई स्मरण गरेर अघि बढ्नसके मुलुकमा राजनीतिक स्थायित्व, भ्रष्टचारको अन्त्य र सुशासनको पक्षमा काँग्रेसले काम गर्न सक्ने दाबी समेत गर्नुभयो । उहाँले केन्द्रमा मात्रै ३ पटक सरकार परिवर्तन भएको र अझै कति हुने हो भन्ने कुरा टुंगो नभएकाले यसको स्थायित्वको लागि सबै लोकतन्त्रवादीहरुले सोच्नुपर्ने तर्क गर्नुभयो ।

नेता कोईरालाले भन्नुभयो, ‘यो कृषि मन्त्रालयमा त भ्रष्टाचारको जालो छ भनेपछि उहाँले राजीनामा गर्नुभएको कुरा तपाईहरु धेरैलाई थाहा होला, धेरैलाई थाहा नहोला पनि । अहिले देशको जुन परिस्थिति छ । यो परिस्थितिमा शैलजा दिदी भएको भए के गर्नुहुुन्थ्यो ? कसरी हिँड्नु हुन्थ्यो, कसरी अगाडि बढ्नु हुन्थ्यो ? भनेर हामीहरुले सोच्नपर्ने अवस्था छ । किनभने उहाँको बानी भीडसँग हिँड्ने होइन, एक्लै हिँडने उहाँले आफू बाँचुञ्जेल त्यसलाई अनुशरण गरेर हिँड्नुभयो । र अहिले जुन राजनीतिक परिस्थिति छ । राजनीतिक स्थायित्व, सरकारको स्थायित्व छ कि छैन ? भन्दा छैन । आर्थिक विकासका हामी कुरा गर्छौं । त्यो आर्थिक विकास हुनसक्ने अवस्था हामी छैनौ अहिले । सुशासन दिन सकेको छैन । भ्रष्टाचारले हामीलाई गाँजी सकेको अवस्था छ । यस्तो बेलामा हामीहरुले विपीलाई, शैलजा दिदीलाई सम्झेर काम गरेर अघि बढ्न सक्यौँ भने नेपाली काँग्रेसलाई फेरी पुरानै अवस्थामा फर्काउन सक्छौँ भन्ने मलाई लाग्छ । शैलजा दिदीलाई सम्झिदाखेरी हामीले राजनीतिक स्थिरता अहिले देशमा जुन छैन । त्यसमा कसरी राजनीतिक स्थिरता ल्याउने, सरकारको स्थिरता ल्याउने भन्ने कुरा सबै लोकतन्त्रवादीहरुले सोच्नुपर्ने अवस्था आएको छ । यो डेढ वर्षमा ८ वटा सरकार छ । ७ वटा प्रदेशको सरकार छ । एउटा केन्द्रको सरकार छ । २३ पटक ८ वटा सरकार चेन्ज भएको रहेछ । केन्द्रमा पनि तीन पटक भईसक्यो । अब अझ कति पटक हुने हो ? यसरी कसरी अगाडि जान्छ ?यो कुरालाई मनन गरि हामी अगाडि बढौं । ’

त्यस अवसरमा नेता कोईरालाले नेपालको राजनीतिक इतिहासमा शैलजा आचार्य एक साहशिक राजनीतिज्ञको रुपमा रहनुभएको पनि स्मरण गराउनु भयो । —न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }