शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राजदुतलाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुगेनः प्रधानमन्त्री


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २८, २०८१
  • 46
    SHARES

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणअघि राजदुत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पु¥याउन नसकेको बताउनुभएको छ ।

सोमवार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भारत भ्रमणमा जानुपर्ने विषयलाई ध्यान दिएर केही दिन ढिला गर्न सकिने भएपनि ध्यान नपुगेको स्वीकार गर्नुभयो । उहाँले शर्माले भारत भ्रमणका क्रममा सक्रिय भुमिका खेलेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँ मेरो स्वागतमा आउनु पनि भएको थियो । र सबै कार्यक्रममा राजदुतको हैसियतले उहाँले सक्रिय भुमिका पनि खेल्नुभयो । मैले धन्यवाद पनि भनेर आएको छु । यो त्यही बेला पर्नु संयोग हो । त्यो कुरालाई त्यति ध्यान गएर क्याबिनेटमा यो विषय प्रश्तुत त भयो, दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो ।’

उहाँले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संसद विघटन बाध्यता भएको धारणालाई लिएर सरकारमा कुनै नराम्रो हुने स्थिति नरहेको बताउनु भयो । उहाँले ओलीले सो धारणा सधैँ राख्दै आउनुभएको र पार्टीको कार्यक्रममा उक्त धारणा राख्नुलाई सामान्य रुपमा लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीजीले यो धारणा सधैँ राख्दै नै आउनुभएको छ । उहाँको धारणा, उहाँको पार्टीमा प्रश्तुत गर्नुभएको हो । यसले गठबन्धनलाई केही असर गर्दैन । उहाँले त यो धारणा सधैँ राख्दै आउनुभएको छ । हामी सबैले बुझेको हो । आफ्नो धारणा, आफ्नो पार्टीमा राख्नुलाई स्वभाविक नै ठानेको छु । यसले समीकरणमा केही हुन्छ की भन्न खोज्नुभएको हो भने केही फरक पर्ने स्थिति छैन ।’

उहाँले गण्डकी प्रदेशका नेकपा (माओवादी केन्द्र) का सांसद फणिन्द्र देवकोटालाई निलम्वन गर्ने बताउनु भयो । उहाँले स्वभाविक रुपमा पार्टीले ह्वीप जारि गरिसकेको भन्दै संविधान र कानूनको मर्म विपरित फ्लोर क्रस गरेकालाई निलम्वन गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जसले संविधान र कानूनको मर्म विपरित फ्लोर क्रस गरेकालाई त स्वभाविक रुपमा पार्टीले ह्वीप जारि गरिसकेको थियो । कारबाही हुन्छ । निलम्वन हुन्छ ।’

प्रधानमन्त्री दाहालले सार्कलाई सक्रिय पार्ने कुरादेखि सीमासँग सम्बन्धित मुद्दा र व्यापार पारवाहनसँग सम्बन्धित मुद्दालाई सक्रिय बनाइ संवादबाट समाधान गर्न आग्रह गरेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }