बिहिबार, असार ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

टि-२० विश्वकप: बंगलादेश दक्षिण अफ्रिकासँग पराजित


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २९, २०८१
  • 24
    SHARES

काठमाडौँ- आइसिसी टि-२० विश्वकपमा बंगलादेश दक्षिण अफ्रिकासँग पराजित भएको छ । सोमबार राति भएको समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिका बंगलादेशविरूद्ध चार रनको रोमाञ्चक जित निकालेको हो ।

नेपाल समूहमा रहेको दक्षिण अफ्रिकाले आइसीसी टि-२० विश्वकपमा लगातार तेस्रो जित दर्ता गरेको छ । दक्षिण अफ्रिकाले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले ७ विकेटको क्षतिमा १०९ रन मात्र बनाउन सक्यो ।

बंगलादेशका लागि टोहिड हृदोयले सर्वाधिक ३७ रन बनाए । उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे । महमुदउल्लाहले २७ बलमा २ चौका प्रहार गरी २० रन जोडे । कप्तान नजमुल हुसेन शान्तोले २३ बलमा १ छक्का प्रहार गरी १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले ३ तथा कगिशो रबाडा र एनरिच नोर्त्जेले २-२ विकेट लिए ।

त्यसअघि न्युयोर्कमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११३ रन जोडेको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन जोडे । डेविड मिलरले ३८ बलमा २९ रन बनाए भने ओपनर क्विन्टन डीककले ११ बलमा १८ रन जोडे ।

बंगलादेशका लागि तान्जिम सकिबले सर्वाधिक ३ विकेट लिए भने तास्किन अहमदले २ तथा रिशाद होस्सेनले १ विकेट लिए ।

जित पछि समूह ‘डी’ मा दक्षिण अफ्रिकाको तीन खेलमा ६ अंक भएको छ । बंगलादेश र नेदरल्यान्ड्सको समान २-२ खेलमा समान २-२ अंक रहेको छ भने नेपाल र श्रीलंका अंकविहिन छन् । नेपालले एक खेल खेलेको छ भने श्रीलंकाले दुई खेल खेलिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }