शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको कार्यसमितिमा चार सदस्य मनोनित


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २९, २०८१
  • 43
    SHARES

काठमाडौँ २९ जेठ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसनको कार्यसमिति सदस्य पदमा चार जनालाई मनोनित गरिएको छ ।

एशोसियशनका अध्यक्ष दीपक थापाको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले प्रेमबहादुर बानिया, रविन मेगाले मगर, जगत गुरुङ र देउबहादुर (सविन) गौतमलाई कार्यसमितिमा मनोनित गरेको हो ।

मनोनित सदस्यमा बानिया सुपर्भ सोलुसन प्रालिका सञ्चालक, मेगाले मगर भर्षा मेनपावर प्रालिका सञ्चालक, गुरुङ जव वल्र्ड ईन्टरनेशनल प्रालिका सञ्चालक र गौतम जेनेक्श एशोसिएट्स प्रालिका सञ्चालक हुनुहुन्छ ।

कार्यसमिति बैठकले एशोसियशनको विधानको दफा १३ (२) को अधिकार प्रयोग गरी कार्यसमिति पदमा मनोनयन गरेको अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो ।

अध्यक्ष थापाले लोकतान्त्रिक एशोसिएसनको ऐन, नियम, बिधान बमोजिम आफनो पदिय मर्यादा राख्दै संस्थाको उदेश्य प्राप्तिको लागि सक्रियता पूर्वक महत्वपूर्ण योगदान गर्ने विश्वास समेत लिनुभएको छ ।

एशोसियशनको यहि जेठ ५ गते बसुन्धरामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा थापासहित नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }