शुक्रबार, मंसिर ५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गर्नुपर्छः सांसद पराजुली


  • माउन्टेन खबर
  • बुधबार, मंसिर ३, २०८३
  • 44
    SHARES

काठमाडौँ – सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद भरतप्रसाद पराजुलीले नेपाल–चीनबीचको ऐतिहासिक व्यापारिक नाका तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभएको छ ।
२०४७ सालको राजनीतिक परिवर्तनपछि विशेषगरी तातोपानी नाकाको विषय ओझेलमा पर्दै गएको बताउँदै अब विशेष पहल गरेर पूर्ववत अवस्थामा फर्काउनुपर्ने बताउनु भयो ।

चीन सरकारले नाकाहरूमा आधुनिक संरचना निर्माण तथा स्मार्ट सिटी विकासको काम अघि बढाइरहेको भएपनि नेपालतर्फ भने अन्य नाकाहरूको तुलनामा तातोपानीले पर्याप्त प्राथमिकता नपाएको आफूले महशुस गरेको पराजुलीले बताउनु भयो ।

चीनले यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गरी अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने तयारी गरिरहँदा नेपालतर्फ खासै प्रगति हुन नसक्नु दुखद भएको उहाँको भनाई छ ।

आफू अहिले सत्तारूढ दलको सांसद र आफ्नै नेतृत्वको सरकार भएकाले तातोपानी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनमा ल्याउन आफ्नो तर्फबाट आवश्यक सबै पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

तातोपानी नाकाको स्थलगत अवस्थाबारे बताउँदै पराजुलीले चीनतर्फ निर्माण भएका संरचनाहरू सुरक्षित र व्यवस्थित देखिए पनि नेपालतर्फ भने सडक अवरुद्ध हुने, पहिरो जाने र बस्ती जोखिममा पर्ने जस्ता समस्या कायम रहेको र अब यसको दीर्घकालिन समस्या समाधानमा लाग्नुपर्ने बताउनु भयो ।

सांसद् पराजुलीले भन्नुभयो,‘यो सिन्धुपाल्चोकको तातोपानी नाका मैले आफूले व्यक्तिगत रूपमा अनुभव गर्दा २०४७ सालको राजनीतिक परिवर्तन पछाडि ओझेलमा पर्दै आयो । २०४७ सालको राजनीतिक परिवर्तनपछि ओझेलमै पर्दै आयो र तातोपानीको आवाज त्यो भन्दा पछाडि दबिएको मैले महसुस गरेको छु । त्यो भन्दा अगाडि तातोपानीको आवाज स्पष्ट बलियो थियो, त्यो भन्दा पछाडि बिस्तारै बिस्तारै त्यो आवाजसँग सम्बन्धित भएर त्यसलाई उँचो बनाउने काम कम भएको हाम्रो विश्लेषण यही हो ।  विगतका सरकारले कुनै न कुनै कारणमा, कुनै न कुनै विषयसँग त्यो सौदाबाजी गरेको कारणले हामी ओझेलमा पर्यौँ । जुन ४७ साल भन्दा अगाडि तातोपानी भनिन्थ्यो, त्यो भन्दा पछाडि चीन सरकारले जे–जे भन्दै जान्छन् ‘खै खै’ भनेर भन्दिने चलन, चिनियाँ भाषामा ‘खै खै’ भन्ने भनिन्छ क्यारे, त्यही भनियो र बिस्तारै बिस्तारै बिस्तारै बिस्तारै तातोपानी अब आजको अवस्थामा आइपुग्यो । नत्र त्यो भन्दा अगाडि ४२ सालमा पनि पहिरो गएको थियो, त्यो चीन सरकारले आफैँले प्राथमिकता दिएर यति राम्रोसँग बाटो बनाइदियो,अहिले नाका रोकिएको छ, अब सरकारले विशेष पहल गरेर खुलाउन लाग्नुपर्छ ।’

ऐतिहासिक महत्व बोकेको तातोपानी नाका नेपाल–चीनबीचको सम्बन्ध र व्यापारिक सम्पर्कको महत्वपूर्ण माध्यम भएको  बताउँदै उहाँले यसको नियमित सञ्चालनका लागि कुटनीतिक पहल आवश्यक रहेको पराजुलीले बताउनु भयो । उहाँकाअनुसार नाका प्रभावकारी रूपमा सञ्चालनमा आउन सके नेपालको वैदेशिक व्यापार विस्तार हुनुका साथै व्यापार घाटा न्युनिकरणमा समेत सहयोग पुग्नेछ । तातोपानी नाकाको ऐतिहासिक महत्त्व, स्थानीयको जीविकोपार्जन र राष्ट्रिय अर्थतन्त्रमा यसको योगदानलाई ध्यानमा राख्दै सरकारले पूर्वाधार निर्माण, सडकको स्थायी समाधान र चीनसँगको कुटनीतिक संवादलाई तिब्रता दिनुपर्ने सांसद पराजुलीको भनाई छ ।–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)