सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

२७ औं मदन आश्रित स्मृति दिवस मनाइदै


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ ३, २०७७
  • 515
    SHARES

चितवन । आज नेपाल कम्युनिस्ट पार्टी नेकपाले २७औं मदन आश्रित स्मृति दिवस मनाउँदै छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत २ वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले सो कार्ययक्रम गर्दै आएको छ ।
नेकपा चितवनका नेताहरुले पनि आज मदन आश्रितको दुर्घटना भएको स्थान दासढुंगामा पुगि उहाँहरुको शालिकमा माल्यर्पण गर्ने कार्यक्रम रहेको छ । बि.सं.२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । सो दिनको सम्झनामा नेकपाले जेठ ३ गते सो दिवस मनाउँदै आएको छ ।

भण्डारी कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्पर्कबाट कम्युनिस्ट आन्दोलनमा लाग्नु भएको थियो । उहा तत्कालीन नेकपा मालेको केन्द्रीय पोलिटब्युरो सदस्य हुँदै २०४६ सालदेखि त्यस पार्टीको महासचिव बन्नु भएको थियो ।विश्वभर कम्युनिस्ट शासन पतन भइरहेका बेला सन ९० को दशकमा जनताको बहुदलीय जनवाद नामक प्रजातान्त्रिक विचारको प्रतिपादन गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई प्रजातान्त्रीकरण गरेपछि मदन भण्डारी विश्वभर चर्चाको शिखरमा पुग्नु भएको थियो  ।

डुब्न लागेको कम्युनिस्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धामा लगेर बचाउन सफल हुनुभएका जननेता भण्डारीलाई एक चर्चित अमेरिकी पत्रिकाले कार्ल मार्क्स नेपालमा जीवित छन् भनेर लेखेको थियो ।उहाँले २०४८ सालको संसदीय चुनावमा नेपाली कांग्रेसका सभापति तथा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्नु भएको थियो । मदन भण्डारीको धर्मपत्नी  विद्यादेवी भण्डारी हाल मुुलुकको राष्ट्रपति रहनु भएको  छ । तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको धर्मपत्नी माया ज्ञवाली  पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुनुहुन्छ । उहाँ हाल प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिकतर्फको सांसद समेत रहनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }