शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

स्याङ्जाको सिरुवारीमा मुख तथा दन्त स्वास्थ्य शिविर (तस्बिरसहित)


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २, २०८१
  • 277
    SHARES

काठमाडौँ । स्याङ्जा जिल्लाको आँधिखोला गाउँपालिका वडा नं १ सिरुवारीमा मुख तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल बसुन्धरा काठमाडौँले विएम फाउण्डेशनको सहकार्यमा स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नं १ सिरुवारी क्षेत्रका पाँच विद्यालयमा अध्ययनरत विद्यार्थी र ६०० भन्दा बढी घरमा मुख तथा दन्त स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

अस्पतालकी डाक्टर अस्मीता कार्कीले पछिल्लो समय अधिकाशं बालबालिकालाई मुख तथा दाँतको समस्या देखिएको बताउनुभयो । आफूले चेकजाँच गरेका कुल विद्यार्थीमध्ये ४० प्रतिशत विद्यार्थीमा मुख तथा दाँतको समस्या देखिने गरेको डा कार्कीको भनाई छ ।

सो अस्पतालले सिरुवारी क्षेत्रका पाँच विद्यालयमा अध्ययनरत झण्डै एक हजार विद्यार्थी र ६०० घरमा दन्त जनचेतना तथा उपचार गरेको थियो । उक्त अस्पतालले विद्यार्थीलाई दन्तरोगसम्बन्धी ब्रोसर, पम्पेल्टलगायतका सामाग्री समेत वितरण गरेको थियो ।

अस्पतालका कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले नेपालको ग्रामीण क्षेत्रमा धेरै मुख तथा दाँतका विरामी रहेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहले स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्दा मुख तथा दाँतको उपचारका लागि समेत वजेट विनियोजन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कान्तिपुर डेन्टल अस्पतालले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत झण्डै दुई दशकदेखि स्याङ्जा जिल्लाका विभिन्न गाउँमा निःशुल्क मुख तथा दन्तशिविर सञ्चालन गर्दै आएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }