बुधबार, जेष्ठ १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

फ्रिक्वेन्सी सम्बन्धी अध्ययनका लागि नेपाल दूरसञ्चार प्राधिकरण र पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसवीच समझदारीपत्रमा हस्ताक्षर


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १३, २०७७
  • 465
    SHARES

काठमाडौं,१३ माघ। नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी सम्बन्धी अध्ययनका लागि पुल्चोक इन्जिनियरिङ्ग क्याम्पससँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका डिन प्रा.डा. शशिधर राम जोशीले सोमबार सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार क्याम्पसले ५ जीको लागि हाल प्रस्तावित फ्रिक्वेन्सी ब्याण्डले वर्तमान प्रयोगमा रहेका फ्रिक्वेन्सी ब्याण्डहरुलाई असर पार्ने वा नपार्ने बारेमा अध्ययन अनुसन्धान गर्नेछ ।

सो अध्ययन अनुसन्धानको लागि प्राधिकरणले वित्तिय सहयोग गर्नेछ भने प्राधिकरणको आवश्यकताअनुसार ५जी फ्रिक्वेन्सीले अहिलेको फोरजी, थ्रीजी र टूजी फ्रिक्वेन्सीमा असर पार्ने नपार्ने ल्याबमा अनुसन्धान गरिनेछ ।

सो अनुसन्धानको लागि क्याम्पसले सिमुलेसन तयार पार्ने र त्यसको लागि आवश्यक पर्ने उपकरणहरु र डिभाइसहरु ल्याउन प्राधिकरणले सहयोग गर्नेछ ।

प्राधिकरणका नियमन महाशाखाका निर्देशक अम्बर स्थापितले सो अध्ययनले आगामी दिनमा प्राधिकरणलाई फ्रिक्वेन्सी बितरण गर्न र व्यवस्थापन गर्न सहयोग पुग्ने बताए ।

‘हामीले हाल प्रस्तावित ५जी फ्रिक्वेन्सी ब्याण्डहरुले अन्य फ्रिक्वेन्सीहरुलाई कस्तो असर पर्छ भनेर अनुसन्धान गराउन लागेका हौं, पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसले सो अनुसन्धान गरेर हामीलाई रिपोर्ट उपलब्ध गराउनेछ,’ निर्देशक स्थापितले  भने ।

पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसले समझदारीअनुसार ९ महिनाभित्र त्यसको लागि ल्याब सिमुलेसन तयार पारेर ९ महिनाभित्र अनुसन्धान प्रतिवेदन दिनुपर्नेछ।

प्राधिकरणले चालु आवमा यसको लागि २० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }