शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रोल्पा सिर्जना महोत्सवको पाँचौ संस्करण :अविनाश भट्टराई प्रथम


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १५, २०८१
  • 192
    SHARES

काठमाडौं । रोल्पा सिर्जना महोत्सवको पाँचौ संस्करण अन्तर्गत राष्ट्रिय कविता प्रतियोगितामा सिराहा जिल्लाका अविनाश भट्टराई प्रथम भएका छन्।
रोल्पा नगरपालिका, नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठान रोल्पाले आयोजना गरेको प्रतियोगितामा १६३ जना कविरकवयित्रीलाई पछि पार्दै भट्टराई प्रथम भएका हुन्।

भट्टराईको देशजस्तो शीर्षकको कविता प्रथम भएको हो। उनलाई नगद रु ४० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ।
नवलपरासीका अन्जान प्रतीकले स्यान्डग्लास सृष्टिको काउन्टडाउन शीर्षकको कविता दोस्रो भयो। प्रतीकले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राए।

मकवानपुरकी अनिता न्यौपानेले महल्ला नगर्नुस् न, नानीहरू खेलिरहेछन् शीर्षक कविताबाट तेस्रो भयो। उनले २० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरिन्।
दैलेखका दिपिन सिजापतीको इच्छापत्र र मकवानपुरका सुवास सजलको ऐठन कविताबाट सान्त्वना भयो। दुवैले १०(१० हजार र प्रमाणपत्र प्राप्त पाए।

राष्ट्रिय कविता प्रतियोगिता जेठ ११ र १२ गते लिबाङ र सातदोबाटोमा आयोजना भएको थियो।
राष्ट्रिय कविता प्रतियोगितामा विजय भएका कविकारहरुलाई रोल्पा नगरपालिका, नगर साहित्य,कला तथा साङ्गीत प्रतिष्ठान रोल्पाका अध्यक्ष नवीन लोचन मगर , रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्ती र रोल्पा नगरपालिकाका उपमेयर गीता आचार्यले पुरस्कार तथा प्रमाणपत्र वितरण गरी सम्मान गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }