बिहिबार, जेष्ठ १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय भेला आयोजना गर्न सकृय चार नेतालाई स्पष्टिकरण सोध्ने एमालेको निर्णय


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ७, २०७७
  • 465
    SHARES

काठमाडौं ,७ चैत्र। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समुहको केन्द्रीय समिति बैठकले पार्टीको निर्देशन विपरित राष्ट्रिय भेला आयोजना गरि सक्रिय भूमिका निर्वाह गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसंग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

सनिबार बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय समिति बैठकले पार्टीले दिएको निर्देशन विपरित राष्टिय भेला आयोजना गरेर निर्देशन उलंघन गरिएको कार्यलाई गम्भीर र अनुशासन विपरित विषय भएकाले त्यसकार्यको मुख्य जिम्मेबार भएका नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले आत्मसमिक्षाका साथ फर्किनेलाई पार्टीले उपयुक्त जिम्मेबारी दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रवक्ता ज्ञवालीले भन्नुभयो “नेकपा एमाले केन्द्रीय कमिटीको १२ औ बैठकले आगामी २०७८ साल मंसिर २ देखि ६ गते सम्म दशौ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गर्दे विद्यमान २ सय ६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

महाधिवेशन आयोजक कमिटीको अध्यक्ष र महासचिवमा स्वतःकेन्द्रीय कमिटीको अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोख्रेल रहने र त्यहाँ रहने अन्य पदाधिकारीहरु र स्थायी कमिटीको बारेमा प्रस्ताव प्रस्तुत गर्नका लागि अध्यक्ष तथा महासचिवलाई जिम्मा दिने निर्णय गरेको छ । ”

त्यसैगरी बैठकले पार्टीको विधान संसोधन गरेर आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको छ । त्यसैगरी बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजको प्रस्ताव तयार गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, टोप बहादुर रायमाझी र शंकर पोख्रेल रहेको ३ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

प्रदेश मातहतका जिल्ला कमिटीलाई जिल्ला संगठन कमिटीमा रुपान्तरण गर्न र समयमै अधिवेशन गर्न तथा बाकी स्थानीय तहका कमिटीहरुलाई पनि व्यवस्थित गर्ने जिम्मेबारी सात वटै प्रदेश कमिटीलाई सुम्पिएको छ । एमालेको ओली समुहले यसअघि नै असार मसान्तसम्म पार्टी सदस्यता नविकरण गरिसक्ने निर्णय गरेको थियो ।

त्यसैगरी अनुशासित, जनआधारित, चुस्त र अझै सशक्तका साथ राष्ट्रिय राजनीतिलाई डोर्याउन सक्ने नया शक्तिको रुपमा पार्टीलाई अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }