आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वाग्मतीमा पुनः मन्त्रिपरिषद् विस्तार, १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त


  • माउन्टेन खबर
  • शनिबार, साउन १२, २०८१
  • 109
    SHARES

काठमाडौं । वाग्मती प्रदेश सरकारले शनिबार पुनः मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसको तर्फबाट ४ जना मन्त्री थपेका हुन् ।

उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ गराएका छन् ।

विस्तारित मन्त्रिपरिषद्अनुसार हरिप्रभा खड्गीलाई सामाजिक विकास मन्त्रालय , सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विमल ठकुरी संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय तथा मिनकृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

कांग्रेसका मन्त्रीहरुको जिम्मेवारी समेत तोकिएको छ । युवा नेता कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालय र श्याम खड्काले खानेपानी उर्जा तथा सिचाईं मन्त्रालयको जिम्मेवारी तोकिए छ ।

यो सँगै वाग्मतीमा मन्त्रीको संख्या १४ पुगेको छ । वाग्मतीमा कांग्रेसका सांसद मधुकुमार श्रेष्ठ विनाविभागीयमन्त्रीको रुपमा रहेका छन् । वाग्मतीमा १३ मन्त्रालय रहेका छन् । अब एउटा मन्त्रालय विभाजन हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)