सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय जनगणनामा सहि तथ्याङ्क आउन प्रभावकारी रुपमा काम हुनुपर्नेमा सांसदहरुको जोड


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १८, २०७७
  • 241
    SHARES

१८ चैत्र, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा सहि तथ्याङ्क आउनका लागि प्रभावकारी रुपमा तथ्याङ्क सङ्कलनको काम हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना २०७८ को तयारी र भावि कार्ययोजनाको सम्बन्धमा छलफल गर्दै सांसदहरुले विभिन्न कारणले तथ्याङ्क सहि आउन नसक्ने भन्दै सहि तथ्याङ्कका लागि प्रभावकारी रुपमा तथ्याङ्क सङ्कलनको कामलाई अगाडी बढाउनुपर्नेमा जोड दिएका हुन् । सांसद कोमल वलीले पछिल्लो समय हिन्दु धर्मप्रति बायसनेस देखिने गरेको भन्दै नेपालमा धर्मको अवस्था कस्तो रहेको छ यर्थाथ रुपमा जनगणनाबाट आउनुपर्ने बताउनुभयो । क्रिश्चियन धर्मावलम्बीको संख्या बढेको अथवा घटेको सम्बन्धमा वास्तविक तथ्याङ्क आउनुपर्ने पनि बताउनुभयो ।

सांसद विमला पौडेलले जनगणनाको कामका लागि राष्ट्रिय योजना आयोगको मात्रै नभई सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । जनगणनालाई सफल बनाउनको लागि सांसदहरुको पनि भूमिका हुनुपर्ने र सांसदहरुलाई पनि परिचालन गर्नुपर्ने बताउनुभयो ।

सांसद खिमलाल भट्टराईले नेपालमा क्रिश्चियन धर्मको अवस्था के कस्तो रहेको छ सहि तथ्याङ्क आउनुपर्ने बताउनुभयो । सेवा क्षेत्रको विकास कसरी भइरहेको छ, कृषिको अवस्था कस्तो छ र नेपालमा गरिबीको अवस्था कस्तो छ यि सबै विषय जनगणनामा समेटिनुपर्ने पनि उहाँले बताउनुभयो । त्यसैगरी बोक्सी प्रथा, दाइजोप्रथा, बालविवाह, छाउपडी प्रथा लगायतका विभिन्न सामाजिक कुप्रथाहरुको पहिचान गरिनुपर्ने पनि बताउनुभयो । सामाजिक कुप्रथाको पहिचान गर्न सके सामाजिक रुपान्तरणमा सहयोग पु¥याउने उहाँले बताउनुभयो ।

सांसदहरुले जनगणनामा सहि तथ्याङ्क आउनका निम्ति गणकहरुको भूमिका र सक्रियता प्रमुख हुने भएकाले गणकहरुलाई सहि ढङ्गले सूचना सङ्कलनमा खटाउनुपर्ने मत राखेका छन् । तथ्याङ्क संकलन गर्दा गोपनियता कायम गर्नुपर्ने विषयमा पनि सांसदहरुको जोड छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }