सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुर्खेतमा प्रसुति गृहको व्यवस्था गर्न सांसदको माग


  • माउन्टेन खबर
  • आइतवार, साउन २४, २०७८
  • 193
    SHARES

२४ साउन, काठमाडौं । राष्ट्रियसभाकी सांसद नन्दा चपाईले सुर्खेतमा प्रसुती गृह अस्पतालको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।

आईतबार राष्ट्रियसभाको बैठकमा बोल्दै उहाँले अकालमा दूर्गम क्षेत्रका धेरै गर्भवतीहरुले ज्यान गुमाउनु परेको उल्लेख गर्दै सुर्खेतमा तत्काल प्रसुती गृह अस्पतालको निर्माण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको हो । सांसद चपाईले निःशुल्क पाइने औषधिहरुको सूचि आम जनताले थाहा पाउने गरी सार्वजनिक गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

उहाँले भन्नु भयो, ‘केही औंषधिहरु निःशुल्क पाईन्छ भन्ने सुनिन्छ । तर कहाँ र कसरी पाईन्छ ? जनतालाई जानकारी छैैन । भएका निःशुल्क पाईने औंषधिहरु पनि समय अवधि सकिएर डम्पिङ साईटमा फाल्ने गरेको पाइएको छ । यसप्रति सरकारको ध्यान जान अति आवश्यक छ । म सभाध्यक्षमार्फत् सरकारको ध्यानाकर्षण गराउन चाहन्छु–त्यस्ता निःशुल्क पाईने औषधिहरुको सूचिसहितको नामाकरण जनताले थाहा पाउने गरी जानकारी गराईयोस् ।’

सांसद चपाईले दूर्गम क्षेत्रका जनताका लागि सडकलगायतका भौतिक पूर्वाधार निर्माणको काममा जोड दिन सरकार लाग्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले सडक लगायतका भौतिक पूर्वाधारको अभावमा दूर्गम क्षेत्रका बिरामीहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }