सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एमसीसी परियोजना विशद्ध रुपमा विकासँंग जोडिएकाले विवाद निरर्थक: अध्यक्ष ठाकुर


  • माउन्टेन खबर
  • शनिबार, माघ २९, २०७८
  • 515
    SHARES

 जनकपुरधाम ,२९ माघ। 

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताउनुभयो भएको छ ।

जनकपुरमा संचारकर्मीसंग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशद्ध रुपमा विकासँंग जोडिएका  कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताउनुभयो । उहाँले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउनको लागि यो महत्वपुर्ण विषय भएको बताउनुभयो । अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेको विवादहरुको विषयमा सरोकारवाला निकायले आफनो पक्ष राखि सकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सृजना गर्नु उचित नभएको बताउनुभयो ।

अध्यक्ष ठाकुरले आफनो पार्टीमा कुनै विवाद नरहेको बताउदै पार्टी छोडेर जानेहरुलाई रोक्न नसकिने बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको बताउदै त्यो समयको आवश्यकता रहेर निर्णय लिने समेत बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }