सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधि सभाको बैठक फागुन ४ गते बस्ने


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १, २०७८
  • 413
    SHARES

१ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक यही फागुन ४ गते मध्यान्न १ बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले आज एक सूचनामार्फत यही फागुन २ गतेका लागि तय भएको प्रतिनिधिसभाको बैठक बुधबारका लागि सरेको जानकारी दिनुभएको छ ।

फागुन २ गतेका लागि तय भएको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले फागुन ४ गतेका लागि निर्धारण गर्नुभएको सूचनामा उल्लेख छ ।

नेकपा(एमाले)ले बैठक सारिदिन सभामुखसँग आग्रह गरेको थियो । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षीको मागअनुसार बैठक सार्दा राम्रो हुने सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }