सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानन्यायधीशविरुद्धको महाभियोगमा एमालेले पनि साथ दिन्छ: काननुमन्त्री


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १, २०७८
  • 392
    SHARES

१ फागुन, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्ध दर्ता भएको महाअभियोगको प्रश्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि साथ दिने बताउनु भएको छ ।

आईतवार नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले प्रधानन्यायाधीश जबराबिरुद्ध संघीय संसद सचिवालय महाअभियोगको प्रश्ताव दर्ता गराएका हुन् । सो क्रममा बोल्दै मन्त्री बडूले न्यायालयमा भएको गतिरोध अन्त्यको लागि र संवैधानिक ढंगले न्यायपालिका सुचारु गराउने कुरामा सबै दलले साथ दिने बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबराले न्यायपाललिका संवैधानिक रुपबाट सञ्चालन गर्न नसकेको भन्दै न्यापालिकामाथि आउनसक्ने खतरालाई मध्यनजर गरेर महाअभियोगको प्रश्ताव दर्ता गरेको बताउनु भयो । मन्त्री बडूले प्रधानन्यायाधीश जबराबिरुद्ध संवैधानिक निकास आवश्यक रहेको भन्दै दुई तिहाईले यसलाई समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री बडूले भन्नुभयो, ‘सम्माननीय प्रधानन्यायधीशमाथि महाअभियोगको प्रश्ताव दर्ता भएको छ । दर्ता गर्नुपर्ने आधारहरु धेरै उहाँहरुले उल्लेखित गर्नुभएको छ । तर हामीलाई के लागिरहेको छ भने न्यायालय झन्डै ४ महिनादेखि न्यायप्रक्रिया र संवैधानिक प्रक्रियाका सबै प्रक्रियाहरु अवरुद्ध अवस्थामा छन् । एक किसिमको अप्रत्यासित, अनपेक्षित अवरोधको अवस्था थियो न्यायप्रशासनमा । धेरै कामहरु गर्न रोकिएको अवस्था थियो । सम्माननीय प्रधानन्यायाधीश भनेको न्यायपालिकाको नेतृत्वकर्ता पनि हो । यो अवरोधलाई फुकाउनको निमित्त हामीले शक्तिपृथकीकरणको सिद्धान्तअनुसार सरकारमा रहेको कारणले धेरै हस्तक्षेप गर्नसक्ने अवस्था हुँदैन । र पनि हामीले गर्ने आग्रहहरु औपचारिक, अनौपचारिक सबै आग्रहहरु हामीले गरिरह्यौँ । तर यो अवरोधको निकास दिने कार्यमा नेतृत्वकर्ताको हैसियतले सम्माननीय प्रधानन्यायाधीशजीको जुन अग्रसरता हुनुपर्दथ्यो, जुन तत्परता हुनुपर्दथ्यो, जुन चिन्ता हुनुपर्दथ्यो । यो अवरोध ठिक होइन, यो अवरोधलाई फुकाउनका निमित्त र न्यापालिकाको गरिमा र सम्मानलाई अझ बढाउनका निमित्त त्यसमाथि आउन सक्ने खतरालाई बचाउनका निमित्त लिनुपर्ने चिन्ता उहाँले लिएको देखिएन । यसरी गतिरोधमा यदी न्यायपालिका रह्यो भने न्यायपालिकाको आवश्यक्ता र यसको गरिमामाथि प्रश्न उठ्ने अवस्था आइरहेको थियो । त्यसकारणले पनि प्रतिनिधिसभाका सांसदहरुले जुन संवैधानिक निकास खोज्ने प्रयास गर्नुभयो, त्यो हामीलाई अहिले जानकारीमा आएको छ । अब यो प्रक्रिया अघि बढ्छ । र संवैधानिक निकास अब यो गतिरोधले पाउँछ । यो गतिरोध समाप्त भइसकेपछि अब न्यायपालिकाले पनि संवैधानिक बाटो सुचारु हुन्छ र न्यायपालिका सुचारु ढंगले, संवैधानिक ढंगले अघि बढ्न सक्छ । यो संवैधानिक निकास आवश्यक थियो । मलाई के लाग्छ भने यो जुन बेथिति, जो अप्रत्यासित अवरोध थियो । त्यो फुकाउनु पर्छ र जनतालालाई, सेवाग्राहीलाई छिटो न्याय दिनुपर्छ भन्नेमा सबैको सहमति हुन्छ । मलाई लाग्छ दुई तिहाईले पनि यसलाई समर्थन गर्छ । संवैधानिक प्रक्रियामा सबैको सहयोग हुन्छ र न्यायप्रक्रिया धेरै दिन अवरुद्ध हुँदैन ।’

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठको प्रश्ताव तथा नेपाली काँग्रेसका सांसद मिनेन्द्रप्रसाद रिजाल लगायत गठबन्धनका ९५ जना सांसदहरुको समर्थनमा महाअभियोग प्रश्ताव दर्ता भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }