सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जनताले न्याय पाउने कुरालाई अवरुद्ध हुन नदिन प्रधानन्यायाधीश विरुघ्द महाअभियोग : काँग्रेस


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १, २०७८
  • 546
    SHARES

काठमाडौं, १ फागुन ।

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले जनताले न्याय पाउने कुरालाई अवरुद्ध हुन नदिन संसदमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नु परेको प्रारम्भिक टिप्पणी गरेको छ ।

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सर्वोच्च अदालतमा देखिएको अवरुद्ध प्रक्रियालाई सूचारु गराउने विशेषव्यवस्था पनि भएकाले सोही अनुसार पार्टीका सांसदहरुसहितले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गरिएपनि त्यस विषयमा पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा विस्तृत छलफल नभएको बताउनु भएको हो । बैठकमा सो विषयमा पार्टीका सांसदहरुले जानकारी गराएको तर विस्तृत छलफल भने आईतबार (आज)को बैठकमा नभएको उहाँले जानकारी दिनु भयो । प्रवक्ता महतले भन्नु भयो,‘आज कार्य सम्पादन समितिको बैठकमा बोल्ने क्रम समाप्त भयो । अव पर्सी ३ बजे हामी प्रस्तावसहित निर्णयमा पुग्छौं । जुन लामो समयदेखि सर्वोच्च अदालत अवरुद्ध थियो । र, त्यो अवरुद्ध भएको जनताले न्याय पाउने कुरा पनि अवरुद्ध भएको अवस्था थियो । र त्यहाँ बार, सर्वोच्च अदालतका न्यायाधीश, प्रधानन्यायाधीशबीचमा छलफल गरेर, संवाद गरेर अवरुद्ध प्रक्रियालाई समाप्त गरी न्याय सम्पादन कानुन, संविधान अनुसार अगाडि बढा्ेस भन्ने जुन समग्र चाहना थियो । त्यो स्पष्ट ढंगले अगाडि बढन नसकेको र त्यसमा जुन समझदारीहरु त्यसमा प्रेषित भएका थिए । त्यो अनुसार पनि अगाडि नबढेको अवस्थामा संसदका सांसद साथीहरुले यो अड्चन र अवरोध, जुन न्याय प्रक्रियामा देखिएको छ । त्यसको बाटो खुल्नु पर्छ भन्ने मनसायबाट यो प्रस्ताव गएको भन्ने जानकारी आएको छ । त्यस विषयमा अरु थप डिटेल छलफल पार्टी भित्र भईसकेको छैन । फेरी अर्को बैठकमा होला । संसदको जुन अधिकार छ । महाअभियोग प्रस्ताव विशेषकारण देखेमा अगाडि बढाउने अधिकार छ । दलका साथीहरुले, सांसद साथीहरुले त्यो अधिकार प्रयोग गर्नु भएको छ । त्यसको जानकारी पार्टीमा आएको पनि छ । र, त्यो विषयमा अरु थप छलफल, विस्तृत छलफल भएन भन्न खोजेको हो मैले ।’

काँग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रिय कार्यसम्पादन समितिको बैठकको निर्णय पर्सी फागुन ३ गते ३ बजे बस्ने बैठकले सार्वजनिक गर्ने काँग्रेसले जनाएको छ । प्रवक्ता महतले एमसीसी संसदमा निर्णयार्थ पेश गर्ने र त्यसका लागि जनमत तयार पार्न देशव्यापी अभियान संचालन गर्ने निष्कर्षमा पनि पार्टी पुगेको बताउनु भयो । उहाँले सो सम्झौता संसदबाट पारित गर्न पार्टीका सबै नेताहरु एकमत रहेको पनि दोहो¥याउनु भयो । प्रवक्ता महतले भन्नु भयो, ‘एमसीसी पास गर्ने कुरामा त हाम्रो पार्टीमा कुनै विमति छैन । एमसीसीबारे भ्रमण चिर्न देशव्यापी अभियान चलाउने, संसदमा पनि यो प्रस्ताव लगेर पास गराउने अभियानमा पनि पार्टी पूर्ण रुपमा लाग्ने र हाम्रो संसदीय दलको बैठकमा पनि हुन्छ । त्यो नै निष्कर्ष पार्टीको हो ।’

प्रवक्ता महतले एमसीसी संसदबाट पारित गराउन आफ्नो पार्टीले पहल गर्ने र त्यसका लागि आवश्यक छलफल पार्टीको संसदीय दलमा पनि गर्ने निर्णय गरिएको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }