शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

संखुवासभाको तुम्लिङटार विमानस्थललाई विस्तार र आधुनिकीकरण गर्ने दिपक खड्काको प्रतिवद्धता


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक २३, २०७९
  • 406
    SHARES

संखुवासभा, २३ कात्तिक । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट संखुवासभामा प्रतिनिधीसभा सदस्यका उम्मेदवार रहेका काँग्रेस नेता दिपक खड्काले संखुवासभाको एकमात्र विमानस्थल तुम्लिङटार विमानस्थललाई विस्तार र आधुनिकीकरण गर्ने बताउनुभएको छ ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा संखुवासभाबाट प्रतिनिधीसभा उम्मेदवार बन्नुभएका नेता खड्काले संखुवासभाको पर्यटन र उद्योग क्षेत्रको विकासका लागि विशेष जोड दिने बताउनुभएको हो ।

गठबन्धनका उम्मेदवार खड्काले सबैखाले पर्यटन हिमाली, पर्वतीय, धार्मिक, सांस्कृतिक, पर्यावरण, जलयात्रा, पदयात्रा, अध्ययन अनुसन्धान आदी पर्यटनको विकास गरि आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने नीति लिने बताउनुभएको छ ।

उहाँले जिल्लाभित्रका हिमाल आरोहीलाई सम्मान गर्ने, पदमार्ग, होमस्टे र होटलको प्रवद्र्धन गर्ने, पर्यटनसम्बन्धी जानकारी लिन र प्रवद्र्धन गर्न मोबाइल एप्लिकेशन तयार गरिने, किमाथांका नाका सञ्चालनमा ल्याई आयत निर्यातका लागि सुख्खा बन्दरगाह निर्माण गरिने बताउनुभएको छ ।

यसैगरी, स्थानीय उत्पादन प्रवद्र्धनका लागि ‘उपहार घर’ सञ्चालनमा ल्याइने, विगतमा विविध कारणले बन्द हुन पुगेका र हालसम्म नजर पुग्न नसकेका तर प्रशस्त स्वदेशी, विदेशी पर्यटक भित्र्याउन सकिने सम्भाव्यता रहेका पदमार्गहरु सञ्चालनमा ल्याइने बताइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }