बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उम्मेदवारी खारेजीको माग गर्दै पाँच उम्मेदवारविरुद्ध उजुरी


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक २७, २०७९
  • 188
    SHARES

काठमाडौं । धनुषाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म तीन वटा लिखित उजुरी परेका छन्।

धनुषा क्षेत्र नंं ३ मा सत्तागठबन्धनका उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको जिल्लाको मुख्य निर्वाचन अधिकृत बज्रेश प्याकुरेलले जानकारी दिए।

उम्मेदवारी खारेजीको माग गर्दै विद्यापति स्मारक पर्वका संरक्षक चन्द्रमोहन चौधरीले जनकपुरधाम स्थित मुख्य निर्वाचन अधिकृतका कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

एक हप्ताअघि चौधरीले विद्यापति स्मारक पर्वमा प्रमुख अतिथिको रूपमा काँग्रेस पूर्वसभापति तथा धनुषा क्षेत्र नं। ३ बाट समानुपातिक उम्मेदवार बिमलेन्द्र निधि, विशिष्ट अतिथिमा प्रत्यक्ष उम्मेदवार अनिलकुमार झा र ३ (ख)का उम्मेदवार प्रमेश्वर साह विरुद्ध उजुरी दिएका थिए।

उनीहरूले कुनै संस्थाको मञ्चलाई राजनीतिक मञ्चमा प्रयोग गरी संस्था र आफ्नो मान मर्दन गरी आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनीहरूको उम्मेदवारी खारेजका लागि उजुरी दिएको संरक्षक चौधरीले बताए।

त्यसैगरि, एमाले-जसपा गठबन्धनबाट धनुषा निर्वाचन क्षेत्र ३ मा प्रतिनिधि सभा उम्मेदवार जुलिकुमारी महतोविरुद्ध पनि उजुरी परेको हो। उम्मेदवारी मनोनयन दर्ताको क्रममा महतोले निर्वाचन अचारसंहिताविपरीत बजागजासहित सवारी सधानको लशकर लिएर निर्वाचन अधिकृतको कार्यालयमा आएकोले कारबाहीको लागि उजुरी परेको छ।

त्यसैगरि, एमाले-जसपा गठबन्धनबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क का उम्मेदवार जितेन्द्र यादवलाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेका छन्।

आयोगले यादवलाई सवारी साधनको स्वरूप परिवर्तन गरी माइकिङ गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ। नम्बर प्लेट समेत नदेखिने गरी सवारी साधनको स्वरूप परिवर्तन गरी डिजे साउण्डको प्रयोग गरी निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल रहेको आयोगको ठम्याइ छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }