शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

मतदाताको सम्मानमा रसुवामा गठबन्धनको विजय उत्सब (फोटो फिचर)


  • माउन्टेन खबर
  • शनिबार, मंसिर १०, २०७९
  • 165
    SHARES
रसुवा । मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा विजयी भएपछि बाम गठबन्धनले रसुवामा विजय उत्सब मनाएको छ । मतदाताको सम्मानमा गठबन्धनले जिल्लामा विजय उत्सब मनाएको हो ।
जिल्लाभरि नै मतदाताको सम्मानमा याली सहित सम्पूर्ण मतदातालाई धन्यवाद दिदै विजय उत्सब मनाएको गठबन्धनमा आबद्ध दलहरुले बताएका छन् । विजयी पश्चात सुरु भएको विजय उत्सब अन्तर्गत सदरमुकाम धुन्चेमा भएको सभामा गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार भइ विजयी भएका नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मोहन आचार्य, प्रदेश सभा क्षेत्र क मा विजयी नेपाली काङ्ग्रेसका नेता प्रभात तामाङ, प्रदेश सभा क्षेत्र ख मा विजयी नेकपा माओवादी केन्द्रका इन्द्र गोतामे जगतजङ्गले विजयी गराउन लागिपर्ने सम्पुर्ण रसुवाली मतदाताहरुलाई धन्यवाद दिएका हुन ।
सभामा चुनावी दौरानमा समृद्ध रसुवा निर्माणका लागि सारेको कुराहरु अक्षरस पालना गर्ने समेत विजयी तिनैजनाले बताएका छन । हामिलाइ जिताएर पठाउनु भयो सबैलाई धन्यवाद दिन चाहान्छौ, अब हामी काम गरेर देखाउछौँ, ।
समृद्ध रसुवा निर्माणका लागि रसुवामा क्रियाशिल सबै राजनीतिक दलको सहयोगको अपेक्षा गरिएको प्रतिनिधि सभामा विजयी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका मोहन आचार्यले बताए । गठबन्धन भन्दा माथी उठेर रसुवाको विकासका लागि काम गर्न लागिपर्ने समेत उनले बताए । कृषि, पर्यटन र जलविद्युतको एकीकृत विकास नै समृद्ध रसुवा निर्माणको आधार रहेको समेत उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }