बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

नवनिर्वाचित सांसद प्रदीप पौडेलद्धारा प्रतिस्पर्धी सांसदसँग छलफल


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १४, २०७९
  • 178
    SHARES

काठमाडौँ, १४ मंसिर । काठमाडौँ ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद एवं नेपाली कांगेसका युवा नेता प्रदीप पौडेलले प्रतिस्पर्धी उम्मेदवारहरुसँग छलफल गर्नुभएको छ ।

सो छलफलमा काठमाडौँ ५ का उम्मेदवारहरु सुशान्त श्रेष्ठ, भीम बहादुर मगर, रमेश के।सी।, मधुसुदन पाठक, विनिता अर्याल को उपस्थिति रहेको थियो । सहभागी उम्मेदवारहरुले निर्वाचित सांसद पौडेलले निर्वाचन पश्चात छलफल कार्यक्रम आयोजना गरेर नयाँ शैलीको थालनी गरेको भन्दै आफ्नोे तर्फबाट पूर्ण साथ र सहयोग हुने प्रतिबद्दता व्यक्त गर्नुभयोे ।

छलफल कार्यक्रममा बोल्दै नवनिर्वाचित सांसद प्रदीप पौडेलले काठमाडौँ ५ मा सहभागी भएका सबै उम्मेदवारहरुका सल्लाह र सुझावका आधारमा आफु अघि बढ्ने बताउनुभयो । आगामी दिनमा पनि उम्मेदवारहरुसँग गरिने यस्ता छलफलका कार्यक्रमहरु निरन्तर आयोजना गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सो अवसरमा यस क्षेत्रका जनताको सल्लाह, सुझाव र गुनासाहरु तथा यस क्षेत्रमा रहेका समस्याहरु सम्बोधन गर्न र सांसदसँग जोडिने माध्यमका रुपमा प्रतिस्पर्धी उम्मेदवार सुशान्त श्रेष्ठले बनाएको गुनासो एपलाई सांसद पौडेलको सचिवालयले थप परिमार्जन सहित अगाडी बढाउने विषयमा समेत छलफल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }