बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्छः गृहमन्त्री खाँण


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर १५, २०७९
  • 190
    SHARES

काठमाडौं  – गृहमन्त्री बालकृष्ण खाँणले नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने बताउनुभएको छ ।

बिहीवार मन्त्रालयमा आयोजित निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उहाँले निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने क्रममा अघि बढ्ने बताउनुभएको हो । उहाँले अब बन्ने राज्य प्रणालीले शान्ति, सुशासन र स्थिरताका लागि सामुहिक प्रयत्न गर्ने पनि बताउनु भयो । उहाँले शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनाताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव रहेको बताउनु भयो । गृहमन्त्री खाँणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्न खटिएका कर्मचारी, मतदाता र सुरक्षाकर्मीहरुलाई सरकारको तर्फबाट धन्यवाद ज्ञापनसमेत गर्नुभयो । उहाँले निर्वाचन एकै चरणमा सम्पन्न गरेर सरकारले आफ्नो राष्ट्रिय दायित्व पूरा गरेको भन्दै निर्वाचनका क्रममा भएको राम्रा पक्षलाई आगामी दिनमा अवलम्वन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘मंसिर ४ गते एकै दिनमा एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भयो । निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न भयो । यो निर्वाचन सम्पन्न गर्ने क्रममा निर्वाचन आयोग र मतदानमा खटिनुभएका मान्य न्यायाधिशज्युहरु, राष्ट्रसेवक कर्मचारीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बलका अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका राष्ट्र सेवक कर्मचारीहरु, नेपाली मतदाताहरुको अपूर्व योगदानका कारण नै मतदान सम्पन्न भएको छ । यो निर्वाचनले संविधानलाई बल पु¥याएको छ । यो राष्ट्रिय दायित्व सरकारले पूरा गरेको छ । यस क्रममा सुरक्षा निकायका केही अधिकृत जवानहरु पनि दिवंगत हुनुभएको छ । नागरिकको पनि बलिदान भएको छ । उहाँहरुको परिवारका लागि भरणपोषणका लागि सरकारले राहत पनि उपलब्ध गराउने छ । निर्वाचनका क्रममा भएको राम्रा पक्षलाई आगामी दिनमा अवलम्वन गरिनेछ र कर्मी कजोरीलाई सुधार्दै जानेछ । सिमित श्रोत र साधनका बाबजुद पनि निर्वाचन सम्पन्न गर्ने काममा उहाँहरु अहोरात्र खटिनुभएको छ । निर्वाचनको माध्यमबाट चुनिएका जनप्रतिनिधिहरुले निर्माण गर्ने नयाँ सरकारले जनताको इच्छा र आकंक्षा पूरा गर्ने क्रममा अघि बढ्नेछ । राज्य प्रणालीले शान्ति, सुशान्ति, सुशासन र स्थितिका लागि सामुहिक प्रयत्न गर्नेछ । शान्ति, सुशासन र स्थिरताको जगमा नै नेपाली जनाताले चाहेको जस्तो नेपालको भौतिक र मानवीय सामाजिक विकास सम्भव हुनेछ ।’

गृहमन्त्री खाँणले निर्वाचनका क्रममा केही सुरक्षाकर्मी र नागरिकहरुको निधन भएको भन्दै सरकारको तर्फबाट निधन भएकाहरुप्रति श्रद्धाञ्जली एवं परिवारमा समवेदना प्रकट गर्नुभयो । उहाँले दिवंगतहरुको परिवारलाई भरणपोषणका लागि सरकारले राहत उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }