शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

मधेश प्रदेश सरकारले अझै पूर्णता पाउन सकेन


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १०, २०७९
  • 183
    SHARES

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शपथ ग्रहण गरेको दुई साता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । सत्तारुढ दलहरुबीच मन्त्रालयको भागबन्डामा औपचारिक सहमति हुन नसक्दा अहिले पनि प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो ।

मन्त्रिपरिषदले पूर्णता पाउन नसकिरहेको समयमा प्रदेश सरकारका सत्ता साझेदार दलहरुले मन्त्रालय भागबन्डाको विषय भने मोटामोटी टुंगिएको बताएका छन् । सरकारमा जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, जनमत पार्टी र माओवादी केन्द्रले सत्ता साझेदारी गरेका छन् । यता सरकारलाई समर्थन गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई तत्काल सरकारमा सहभागी नगराइने भएको छ ।

यसअघि मुख्यमन्त्री यादवले लोसपालाई सरकारमा सहभागी गराउने तयारी गरिएको अभिव्यक्ति दिएपनि संघीय संसदमा सभामुख र उपसभामुखको निर्वाचनमा विपक्षी गठबन्धनलाई सहयोग गरेकाले मधेश सरकारमा सहभागी नगराउने एमालेका संसदीय दलका नेता एवम् बिनाविभागीय मन्त्री सरोजकुमार यादवले जानकारी दिनु भयो । उहाँले आज (मंगलबार) अबेर रातिसम्म बिनाविभागीय मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड हुने जानकारी समेत दिनु भयो ।

मन्त्री यादवले सत्ता साझेदार दलहरुको बैठकबाट मन्त्रालय भागबन्डाको सहमति जुटाइने बताउनु भयो । अहिलेसम्मको सहमति अनुसार एमालेले ४, जसपाले ३, जनमत पार्टीले २ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने सहमति भएको छ ।

प्रदेश प्रमुख जनकपुरधाम बाहिर रहेकाले उहाँ आए लगत्तै मन्त्रिपरिषदले पूर्णता पाउने मन्त्री यादवले बताउनु भयो । यसका साथै प्रदेशमा मन्त्रालयहरुको संख्या थपघट नगर्ने र मन्त्री तथा राज्यमन्त्रीको संख्या विगतजस्तै यथावत राख्ने समझदारी भएको उहाँले बताउनु भयो । मुख्यमन्त्री यादवले गत पुस २९ गते तीन बिनाविभागीय मन्त्रीसहित शपथ लिनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }