बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली र भारतीय ‘स्टार्टअप इकोसिस्टम’ बीचको जडानलाई बढावा दिन सुझाव ( फोटो फिचर)


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १०, २०७९
  • 156
    SHARES

काठमाडौं ।  नेपाली र भारतीय नवपर्वतनमा आधारित व्यवसाय ‘स्टार्टअप इकोसिस्टम’ बीचको जडान (कनेक्ट)लाई बढावा दिन सरोकारवाला निकायका अधिकारीले सुझाव दिएका छन् ।

भारतीय राजदूतावासले नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘इण्डिया–नेपाल स्टार्टअप कनेक्ट’ विषयक अन्तरक्रियामा उहाँहरुले दुवै देशबीच ‘फिनटेक’ मा थप सहकार्यको आवश्यकता आँैल्याउनुभयो । दुई देशको स्टार्टअप इकोसिस्टमलाई एकै ठाउँमा ल्याउन इण्डिया–नेपाल स्टार्टअप जडानको आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल नेपालको विषयका बारेमा प्रष्ट पार्दै सन् २०२३ लाई नेपालको डिजिटल भुक्तानी प्रवद्र्धन वर्षको तयारी गरिएको बताउनुभयो । उहाँले नेपाल र भारतबीच फिनटेकमा थप सहकार्यका लागि आह्वान गर्दै क्रस बोर्डर भुक्तानी र क्युआर भुक्तानीलाई सहयोगका सम्भावित क्षेत्रका रूपमा पहिचान गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल–भारत कूटनीतिक सम्बन्धको ७५ वर्षको सन्दर्भमा आयोजित कार्यक्रम नेपाली र भारतीय स्टार्टअप इकोसिस्टम बीचको जडानलाई बढावा दिनमा केन्द्रित थियो । कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले वित्तीय समावेशीकरण र स्टार्टअप सक्षम पार्न जन धन, योजना, आधार र मोबाइल नम्बर जस्ता डिजिटल सार्वजनिक वस्तुको महत्व रहेको उल्लेख गर्नुभयो ।

सो कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले नेपालमा स्टार्टअप अवसरसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो भने स्टार्टअप इण्डियाका अनुभवकुमार दासले स्टार्टअप इण्डिया योजनाबारे प्रस्तुति दिनुभएको थियो । स्टार्टअप इन्डिया योजना सन् २०१६ जनवरी १६ देखि सुरु भएको हो । ‘पेनियरबाइ’ का सीइओ आनन्द बजाजले सरकार, नियामक र उद्योगको सहयोगमा भारतमा फिनटेक क्षेत्र कसरी विकसित भएको छ भन्ने बारेमा जानकारी गराउनुभएको थियो ।


उद्घाटन सत्रपछिको पहिलो समूह छलफल ई–कमर्स र फिनटेक क्षेत्रमा नेपाल–भारतका अवसरमा केन्द्रित थियो भने दोस्रो प्यानल छलफल नेपाली स्टार्टअपका लागि अवसरमा केन्द्रित थियो । दूतावासले नेपाल–भारत स्टा
र्टअप जडान प्रवद्र्धन गर्ने गतिविधिलाई प्रोत्साहन गर्न जारी राख्ने जनाएको छ । साथै शैक्षिक संस्था, स्टार्टअप, लगानीकर्तालगायत नेपालका सबै सरोकारवालालाई स्टार्टअप इण्डियामार्फत भारतीय स्टार्टअप र इन्क्युबेटरमा पुग्न प्रोत्साहित गर्ने प्रतिबद्धता गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }