मङ्लबार, बैशाख ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पठानको कीर्तिमानी कमाई


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २०, २०७९
  • 161
    SHARES

एजेन्सी। बलिउडका फिल्मले यस अघि भारतमा गरेको सबै व्यापारको रेकर्ड यतिबेला अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ले तोडेको छ । यो फिल्मले पहिलो दिनमा भारतमा ५५ करोडको व्यापार गरेको थियो । भारतमा मँगलबार सातौं दिनमा भारतमा ३९५ करोड कमाएको छ । एक सातामा यति धेरै व्यापार अहिलेसम्म रिलिज भएका कुनै पनि हिन्दी फिल्मले गरेको छैन ।

यो फिल्मको विरण गर्ने सँस्थाका अनुसार फिल्म पठानले सातौं दिनसम्म विश्वभर ६३४ करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ । मंगलबारसम्म फिल्मको चकित पार्ने आँकडा आएको छ ।

निर्माण पक्षले भनेको छ,‘पठानले ७ दिनमा विश्वभर भारतीय रुपैयाँ ६३४ करोड र भारतमा भारतीय रुपैयाँ ३९५ करोड कमाएको छ । फिल्मले रिलिजपछि धेरै धमाकेदार कीर्तिमान बनाएको छ र ३५० करोडको सबैभन्दा धेरै कमाइको रेकर्ड पनि बनाएको छ ।’

वितरण पक्षका अनुसार यो फिल्मले रिलिज भएको ३ दिनमै २०० करोडको आँकडा भारतमा पार गरेको थियो । जुन अहिलेसम्म भारतमा कुनै पनि हिन्दी फिल्मले गरेको छैन । शाहरुख खानले सन् २०१८ यता कुनै पनि फिल्म गरेका थिएनन् र फ्यानहरू उनको पर्खाइमा थिए । उनले आफ्नो यो फिल्मबाट दर्शकको मन राम्रोसँग जितेर कमाई पनि त्यत्तिकै राम्रो गरेका छन् ।

यो फिल्मका कारण शाहरुख खान निकै विवादमा आए । यो विवाद उनको लागि फाइदा जनक भएको छ । विवादमा आएर पनि पठानलाई धेरै फाइदा भएको र यसबाट दर्शकले झनै चासो देखाएर फिल्म हेरेको समीक्षकहरुको कथन छ ।

यस फिल्ममा शाहरुखसँगै अभिनेत्री दीपिका पादुकोण र जोन अब्राहम रहेका छन् । यि तिन जना कलाकारकै लागि यो फिल्म फेरी आफनो करिअरको माईलस्टोन सावित भएको छ ।

यो फिल्मले दोश्रो साता पनि त्यत्तिकै राम्रो व्यापार गरिरहेको छ । दोश्रो साता सकिँदा फिल्मले विश्वव्यापी रुपमा एक हजार करोडसम्म भारतीय रुपैयाँको व्यापारगर्ने अुनमान गरिएको छ ।

यो फिल्मको सफलताले आफुलाई अझ उर्जा मिलेको शाखरुखले बताएका छन् । अहिले शाहरुख खान जवान र डंकी गरी दुई फिल्मको काममा व्यस्त छन् । यि दुबै फिल्मको सुटिङ निरन्तर चलिरहेको छ । शाहरुख खानको ‘जवान’ यो वर्षको अन्त्यसम्ममा रिलिज हुँदैछ । यो फिल्म ब्यांग एक्सनले भरिपूर्ण रहने बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }