बुधबार, बैशाख २६, २०८१

एमाले नेतृत्वका प्रदेश सरकार अल्पमतमा


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १६, २०७९
  • 374
    SHARES

काठमाडौं । कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन विघटन भएर बनेको एमाले नेतृत्वको सात दलीय गठबन्धन दुई महिना बढी टिकेन । कांग्रेससँग सत्ता गठबन्धनमा रहेको माओवादी पुस १० मा एमालेसँग सत्ता गठबन्धनमा आएको थियो । तर, ६३ दिनपछि पुन माओवादी पुरानै समीकरणमा पुगेको मात्र छैन, सत्ताको भर्‍याङ बनेको एमाले अपमानजनक रुपमा सरकारबाट बाहिरिएको छ । यसको बाछिटा प्रदेशमा पनि परेको छ ।

गत पुस १० अघिसम्म ७ दलीय समीकरणमा रहेको माओवादी अहिले ८ दलीय समीकरणमा छ । ती ८ दलमा ६३ दिनसम्मसँगै रहेका एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी भने छैनन् । अहिले कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीसँगै जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चा छन् । यी आठ दल एकातर्फ रहँदा संघ र प्रदेश तर्फ नयाँ अङ्कगणित सुरु भएको छ ।

राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सघाउने पुस १० को सहमतिबाट माओवादी पछि हटेलगत्तै एमाले नराम्ररी बिच्किएको छ । अहिले एमाले प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा नेतृत्व गरिरहेको छ । सातै प्रदेशमा एमाले, माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजावादी पार्टी, नागरिक उन्मुक्ति, जनमत मिल्दा बनेका केही सरकारसंकटमा छन् ।

प्रदेश १ मा ९३ प्रदेशसभा सदस्य छन् । सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक हुन्छ । ४७ सांसदको समर्थन आवश्यक पर्ने यो प्रदेशमा एमाले, माओवादी, राप्रपा र जसपामिलेर एमालेको नेतृत्वमा सरकार बनेको थियो । तर, अहिले एमाले र राप्रपा नयाँ गठबन्धनमा छुट्दा यहाँको सरकार पनि धरापमा छ । प्रदेशसभामा नेकपा एमालेको ४० सिट छ । राप्रपाको ६ सिट छ । त्यहा एक सांसद अपुग हुँदा सरकार ढल्न सक्छ । प्रदेश १ मा कांंग्रेस २९, माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी ४ र जसपाको १ सिट छ । यी सबै दल मिल्दा सरकार बनाउन आवश्यक ४७ सिट पुग्छ ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्छन् । प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले प्रदेश सभाको सबैभन्दा ठूलो दल छ । २२ सांसद रहेको कांग्रेस दोस्रो स्थानमा छ । जसपा १६, जनमत पार्टी १३, लोसपाका ९, माओवादी केन्द्रसँग ८ एकीकृत समाजवादीसँग ७ सांसद छन् । मधेस प्रदेश सभामा ६ जना स्वतन्त्र सांसद छन् भने राप्रपाका २, संघीय समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले एक–एक सांसद पाएका छन् ।

एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत मिलेर बनेको सरकारमा अहिले एमाले र राप्रपा बाहिर रहँदा पनि कांग्रेसको इन्ट्रीले जसपा नेतृत्वको सरकार धर्मराउने अवस्था छैन ।

१ सय १० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ सीट आवश्यक पर्छ । यहाँ कांग्रेस ३७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीसँग ७ गरी ६५ जना सांसद छन् । यहाँ एमाले २७, राप्रपा १३, नेमकिपा ३ र हाम्रो पार्टीसँग २ सांसद छन् । कांग्रेस र समाजवादी बाहेक मिलेर बनेको माओवादी नेतृत्वको यहाँको सरकार पनि एमाले बाहिर हुँदा फरक नपर्ने देखिन्छ । माओवादीका शालिकराम जमकट्टेल मुख्यमन्त्री रहेको यो प्रदेशमा एमालेका २७ र राप्रपाका १३ सांसद बाहिर आउँदा कांग्रेसका ३७ र एकीकृत समाजवादीसँग ७ सांसदको इन्ट्री हुने अवस्था छ ।

गण्डकी प्रदेशमा पहिलो दलका रुपमा कांग्रेसका २७ सांसद छन् भने एमाले २२, माओवादी का ८ सांसद छन् । राप्रपा २ र एकीकृत समाजवादीका १ सांसद छन् । मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध भएका दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यकता हुन्छ । केन्द्रमा नयाँ गठबन्धन बनेसँगै गण्डकीमा एमाले नेतृत्वको सरकार संकटमा पर्ने देखिएको छ ।

लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यकता पर्छ । यहाँ एमाले २९, कांग्रेस २७, माओवादी ९, राप्रपा ४, जसपा ३, लोसपा ३, नागरिक ४, जनमत ३, स्वतन्त्र ३, नेकपा एकीकृत समाजवादी १, जनमोर्चा १ रहेको छ ।

४० सदस्यीय कणार्ली प्रदेश प्रदेशसभामा रहेको यहाँ अहिले माओवादी नेतृत्वको सरकार छ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा माओवादी १३, एमाले १०, एकीकृत समाजवादी र राप्रपाका एक–एक सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । केन्द्रको नयाँ समीकरणका कारण यहाँ कुनै जोखिम छैन ।

सुदूरपश्चिम प्रदेशमा पनि एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री हुनुहुन्थ्यो । पुस २७ मा मुख्यमन्त्री भएका रावलले विश्वासको मत नपाएपछि माघ २६ मा राजीनामा दिएलगत्तै कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्नुभएको छ । पुस १० को सत्ता गठबन्धन हुँदा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन सक्नु भएन । त्यसपछि अहिले कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री हुनुहुन्छ । केन्द्रको नयाँ समीकरणका कारण शाहको कुर्सी सुरक्षित बनेको छ ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा ८ दलीय गठबन्धन भित्र रहेको कांग्रेसको १९, माओवादी केन्द्रको ११ नागरिक उन्मुक्तिको ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }