शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ठमेलको काठमाडौँ ईको होटलमा कला प्रदर्शनी सुरु (तस्बिरसहित)


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन २७, २०७९
  • 471
    SHARES

काठमाडौँ । काठमाडौँको ठमेलमा कला प्रदर्शनी सुरु भएको छ । सोसाइटी फर स्ट्रिट चिल्ड्रेन इन नेपालको आयोजनामा काठमाडौँ महानगरपालिका–२६ स्थित काठमाडौँ ईको होटलमा छ दिने कला प्रदर्शनी सुरु भएको हो ।

कला प्रदर्शनीको शुभारम्भ गर्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्र्माले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले यसलाई विश्वमाझ प्रचारप्रसार गर्नसके नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ बालबालिकालाई कला प्रतियोगितामा भाग लिएर उत्कृष्ट कला प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

सन् २०१० देखि सडक बालबालिका र अन्य क्षेत्रका बालबालिकालाई संरक्षण गर्दै आएको संस्था सोसाइटी फर स्ट्रिट चिल्ड्रेन इन नेपालकी सञ्चालक ईभा होल्मवर्ग टेडेटले संरक्षित बालबालिकामा रहेका कलासम्बन्धी ज्ञानलाई उजागर गर्न कला प्रदर्शनी गरिएको जानकारी दिनुभयो । विगत १३ वर्षमा चार सयभन्दा बढी सडक बालबालिका र अन्य क्षेत्रका बालबालिकालाई संरक्षण गरिसकेको सो संस्थाले अहिले ५५ बालबालिकालाई संरक्षण गरिरहेको अध्यक्ष टेडेटले बताउनुभयो ।

उक्त संस्थाले भूकम्पको समयमा नुवाकोट, सिन्धुपाल्चोक, धादिङलगायतका जिल्लामा भत्किएका विद्यालयको पुनःनिर्माण, विभिन्न जिल्लामा मौरीपालन, बाख्रा वितरण, महिला हिंशा न्यूनीकरणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । छ दिनसम्म चल्ने कला प्रदर्शनीमा सात बालबालिकाले बनाएका २८ कला प्रदर्शनीमा राखिएको काठमाडौँ ईको होटलका महाप्रबन्धक सहदेव (विमल) धमलाले जानकारी दिनुभयो । उहाँले बालबालिकालाई कलाप्रति आकर्षण जगाउन उक्त प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }