बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा पर्यटन नीति नै छैन : पर्यटनमन्त्री किराती


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ४, २०७९
  • 148
    SHARES

काठमाडौं । नेपालमा पर्यटन नीति नै नभएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बताउनु भएको छ ।

शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धि नीति नै नभएको स्विकार गर्नु भएको हो । उहाँले अवको नेपालको पर्यटन नेपालीपनको हुने घोषणा समेत गर्नु भयो । रैथाने स्वाद र संस्कृतिसहितको अवको पर्यटन हुनुपर्ने उहाँको भनाई थियो । मन्त्री किरातीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भएपनि त्यसको परिचालन गर्ने नीतिहरुकै अभाव देखिएको बताउनु भयो । उहाँले मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउनका लागि सोसम्बन्धि अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि जोड दिनु भयो ।

मन्त्री किरातीले भन्नु भयो, ‘पर्यटन नीति हामीले अहिलेसम्म बनाउनै सकेनौं । हाम्रो संस्कृति नीति बनाउनै सकेनौं । सकिएन छ म त भर्खर मन्त्री भएको ६१ दिन भयो । चाईनिज कल्चर सेन्टरसँग नेपालमा । स्पेनिस कल्चर सेन्टर छ नेपालमा । ररियन कल्चर सेन्टर, इन्डियन कल्चर सेन्टर छ नेपालमा । तर नेपालको त केही पनि छैन । ऊसको चाँही यहाँ पनि छ । हाम्रो चाँही केही पनि छैन । संस्कृतिलाई रिसर्च गर्ने सेन्टहरु खैं ? हामी लोप नभएर को लोप हुन्छ अव । भनेपछि हामीले अनुसन्धानको क्षेत्रमा कति पनि काम गरेका छैनौं । अहिले म भन्दैछु–अवको पर्यटन भनेको चाँही प्रकृतिको सम्पदा र मानवको सम्पदालाई मिश्रण गरेर बनेको नेपालीपनको पर्यटन हुन्छ । रैथाने स्वाद र संस्कृतिसहितको अवको पर्यटन हुनुपर्छ ।’

मन्त्री किरातीले अन्य देशका कल्चर सेन्टरहरु नेपालमा भएपनि नेपालले भने सो काम नगरेकाले यहाँका संस्कृतिहरु लोप हुने अवस्था पुगेको बताउनु भयो । उहाँले नेपालीपनको विकास गरेर मात्रै नेपालले पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सक्ने दोहो¥याउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }