शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

एपिएफले लगातार दोस्रो जित निकाल्दा कोशी प्रदेशको सुखद् शुरुवात


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १०, २०७९
  • 252
    SHARES

काठमाडाैं । कप्तान सीता राना मगरको अर्धशतकीय पारीको सहयोगमा शुक्रवार एपिएफले तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि १५ रनको रोमाञ्चक जित निकाल्दा दिनको दोस्रो खेलमा कोशी प्रदेशले सुखद् शुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफबाट पाएको १ सय २२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन मात्र बनाएपछि एपिएफले जित पक्का गरेको हो । यससँगै एपिएफले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

एपिएफले दिएको लक्ष्यसहिज जवाफी ब्याटिङ गर्ने क्रममा सुदूरपश्चिमका लागि कविता कुँवरले ६० बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेलिन् । उनले तीन चौका र २ छक्का प्रहार गरिन् । कुवरका अलावा कविता जोशीले २६ रनको अविजित पारी खेलिन् । सम्झना खड्का १७ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफका लागि सुमन बिष्टले २ तथा कप्तान सीता राना मगर र इन्दु बर्माले समान १÷१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले पूरै २० ओभरमा २ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । एपीएफका लागि कप्तान सीता राना मगरले ५९ बलमा अविजित ५४ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीताले ७ चौका प्रहार गरिन् । यस्तै इन्दु बर्माले ३७ बलमा ५ चौकाको मद्दतमा ४५ रन बनाउँदा ज्योती पाण्डे १३ रनमा रनआउट हुन पुगिन् । बलिङतर्फ सुदूरपश्चिमकी ईश्वरी बिष्टले १ विकेट लिइन् ।

यसअघि बिहीवार भएको आफ्नो पहिलो खेलमा एपिएफले मधेस प्रदेशमाथि १० विकेट फराकिलो जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गरेको थियो । यस जितपछि एपिएफ २ खेलबाट ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यता पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५१ रनले पराजित गरेको सुदूरपश्चिमको समान २ खेलबाट २ अंक छ । सुदूरपश्चिम तेस्रो छ ।

यस्तै शुक्रवारै सम्पन्न दिनको दोस्रो खेलमा कोशी प्रदेशले आयोजक ललितपुर मेयर्स–११माथि ७ विकेटको सहज जित निकालेको छ । त्रिवि मैदानमा नै भएको खेलमा ललितपुरले दिएको ६६ रनको सामान्य लक्ष्य कोशी प्रदेशले १२ ओभरमा ३ विकेट गुमाएर भेटाएको हो । उसका लागि अपसरी बेगमले अविजित २९ रनको पारी खेल्दा कप्तान रुबीना क्षेत्री १३ रन जोडिन् । स्मृति कटुवाल ९ रनमा पवेलियन फर्किंदा काजल श्रेष्ठ गोल्डेन डगआउट भइन् । बलिङतर्फ ललितपुरकी अस्मिना कर्मचार्यले २ विकेट निकाल्दा कृतिका मरासिनीले १ विकेट आफ्नो नाममा लेखाइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले १६.५ ओभरमा सबै विकेट गुमाएर मात्र ६५ रन जोड्नसक्यो । ओपनर लक्ष्मी चौधरीले सर्वाधिक २३ रन बनाइन् । यस्तै मनिषा उपाध्याय १० रनमा अविजित रहँदा अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् । कसिलो बलिङ सामु निरिह बनेको ललितपुरका दुई खेलाडी शुन्य, तीन खेलाडी १ रनमा पवेलियन फर्किएका थिए । घातक बलिङ गरेको कोशी प्रदेशका लागि निशा साहले सर्वाधिक ३ विकेट लिइन् । यस्तै अपसरी बेगमले २ तथा अलिशा खडिया र सबनम राईले समान १/१ विकेट लिए ।

यससँगै ललितपुरले लगातारका दुई खेलमा नतिजा सुम्पिएको छ भने कोशी प्रदेशले जारी प्रतियोगितामा विजयी शुरुवात गरेको छ । जितपछि कोशी प्रदेशले २ अंक जोड्दै दोस्रो स्थानमा अटाएको छ । २ खेल खेलेको ललितपुर तालिकामा अंक बिहीन छ ।
प्रतियोगितामा शनिवार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल मशेस प्रदेश र सुदूरपश्चिम प्रदेश तथा दोस्रो खेल कोशी र एपिएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }