शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मुकेश र राजपुरालाई १० के रोड रेसको उपाधि


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ११, २०७९
  • 166
    SHARES

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मीका मुकेश पाल र नेपाल पुलिसकी राजपुरा पछाईले चौथौ वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन् ।

शनिबार गणेशमान सिंह फाउण्डेसनको आयोजनामा भएको प्रतियोगितामा मुकेशले निर्धारित दूरी ३१ मिनेट २१.७६ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फको उपाधि र राजपुराले कीर्तिमान बनाउँदै निर्धारित दूरी ३६ मिनेट ४३.२ सेकेण्डमा पूरा गर्दै महिलातर्फको उपाधि जितेका हुन् ।

राजपुराले आफ्नै कीर्तिमान भंग गरेकी हुन् । यसअघि उनको नाममा ३७ मिनेट १०.५ सेकेण्डको कीर्तिमान थियो ।

दरबारमार्गस्थित शेर्पा मलबाट सुरू भएको पुरुषतर्फको रेसमा एपीएफका गोपीचन्द्र पार्कीले दोस्रो स्थान हासिल गरेका छन् । साविक विजेता गोपीले निर्धारित दूरी ३१ मिनेट ३८.६८ सेकेण्ड दौड पूरा गरे । यस्तै, तेस्रो भएका आर्मीका दीपक अधिकारीले ३१ मिनेट ४७.४२ सेकेण्डमा दौड पूरा गर्दा आर्मीका सञ्जय श्रेष्ठ चौथो र केन्याका सिमोन किपगेट पाँचौं स्थानमा रहे ।

यस्तै, महिलातर्फ पुलिसकै राममाया बुढाले ३७ मिनेट ५४.१५ सेकेण्डको समय निकाल्दै दोस्रो हुँदा एपिएफकी पुष्पा भण्डारीले निर्धारित दूरी ३८ मिनेट २६.०३ सेकेण्डमा पूरा गरेर तेस्रो भइन् । आर्मीकी पूर्ण लक्ष्मी न्यौपाने चौथो र एपीएफकी विन्द्र श्रेष्ठ पाँचौं स्थानमा रहे ।

प्रतियोगिताको महिला र पुरुष बिजेताले ६० हजार, उपबिजेताले ३० हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन् । चौथोले १० हजार र पाँचौंले ५ हजार प्राप्त गरेका छन् । कीर्तिमान बनाएकी राजपुराले थप १० हजार प्राप्त गरिन् ।

विजेता खेलाडीलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव तुलाधर, एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाह लगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा पुरुष र महिला गरी एक सय भन्दा बढी धावकले प्रतिष्पर्धा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }