शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

लाखौंको लागतमा निर्माण सम्पन्न बर्थिङ सेन्टर संचालन नहुँदा सुत्केरी गराउन लाई समस्या


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १२, २०७९
  • 183
    SHARES

बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका–२ मा रहेको लाखौँ रकममा निर्माण भएकोे बर्थिङ सेन्टर भवन प्रयोगमा नआउँदा त्यस वडाभित्र र वडा वरिपरिका सुत्केरी महिलालाई समस्या हुने गरेकोे छ । त्यस वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र र सुत्केरी गराउने दुई जना स्वास्थ्यकर्मी भए तापनि बर्थिङ सेन्टर सञ्चालन नहुँदा त्यहाँका सुत्केरीे महिलाहरूलाई समस्या हुने गरेको त्यहाँका स्थानीय महिलाहरू बताउँछन् ।

सुदूरपश्चिम प्रदेश सरकारले उक्त भवन निर्माण गर्न १६ लाख बजेट विनियोजन गरी चार वर्ष अगाडि निर्माण कार्य सम्पन्न भएकोे उक्त बर्थिङ सेन्टरमा अहिलेसम्म पनि सञ्चालनमा नआएकोे त्यहाँका स्थानीय दीपकबहादुर खड्काले बताए । खड्काले भन्ने, ‘वडामा वर्थिङ सेन्टर त बनेको छ कर्मचारी पनि छँदैछन् तैपनि बर्थिङ सेन्टर सञ्चालन नहुँदा सुत्केरी महिलाहरूले सेवा लिन समस्या रहेको छ ।’

जयपृथ्वी नगरपालिकाले बर्थिङ सेन्टर सञ्चालन गर्न भनी दुई जना स्वास्थ्यकर्मीको व्यवस्था गरेको भएता पनि वडा अध्यक्ष र यससँग सरोकार राख्ने निकायहरूले बर्थिङ सेन्टर सञ्चालनमा कुनै पनि पहल नचाल्दा समस्या भएको स्थानीयहरू बताउँछन् । यसवारे वडा अध्यक्ष कलक बहादुर खड्कासँग बुझ्दा उनले कार्यपालिकाको बैठकबाट सञ्चालन गर्ने भन्ने निर्णय भइसकेको र अब सञ्चालन हुन मात्र बाँकी रहेको स्वीकार गरे ।

मोर्तोली आधरभूत स्वास्थ्य केन्द्रका इन्चार्ज विजय मलासीले भने भौतिक पूर्वाधार सबै सेवाहरू हुँदाहँुदै पनि नीतिगत रूपमा निर्णय नभएपछि बर्थिङ सेन्टर सञ्चालन हुन नसकेको र सञ्चालनबारे नगरपालिकालाई आफूले जानकारी गराइसकेको बताए । आधारभूत स्वास्थ केन्द्रमा प्रत्येक महिना नयाँ तीन जनादेखि कम्तीमा पनि १० जना जति महिलाले नियमित गर्भ परीक्षण गर्ने गरेको अनमि बिनिता ओलीले बताइन् । उनले ती सबै महिलाहरूलाई सुत्केरी गराउनका लागि जिल्ला अस्पताल सिमखेत लैजानुपर्ने बाध्यतामा रहेको बताइन् ।

नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकको रूपमा परिभाषित गरेको भए तापनि त्यहाँका स्थानीयहरूले आधारभूत स्वास्थ्य सेवा निःशुल्क र आकस्मिक स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका छन् । यो हक कार्यान्वयनका लागि विभिन्न ऐन/नियम लागू भएका छन् । तर तिनैमध्येको एक हो–सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन–२०७५ । उक्त ऐनको दफा ५ र ६ मा गर्भवती सेवा प्राप्त गर्ने र प्रसूति सेवा दिनुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }