शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

इन्जिनियर व्यवसायी दर्ता हुन पहिलो पटक लाइसेन्स परीक्षा , मन्त्री श्रेष्ठको निरीक्षण


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १२, २०७९
  • 217
    SHARES

काठमाडाैं । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्सकाे परीक्षा लिन सुरु गरेको छ ।

आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरुले इन्जिनियर व्यवसाय गर्नको लागि लाइसेन्स लिन पहिलो पटक परीक्षा लिन सुरु गरेको हो । काउन्सिलले लिएको पहिलो परीक्षामा इन्जिनियरिङ उत्तीर्ण गरेर बसेका २ हजार ६ जना इन्जिनियर सहभागी भएका छन्

नेपाल इन्जिनियरिङ काउन्सिलका रजिस्टार तथा सदस्यसचिव शिवमंगल गिरीले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरुले इन्जिनियर व्यवसाय गर्नको लागि काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको लागि परीक्षा सुरु गरेको बताउनुभयो । उहाँले पहिलो पटक इन्जिनियरिङका २० वटा विधाको परीक्षा भइरहेको बताउनुभयो ।

उहाँले इन्जिनियरको रुपमा काम गर्नको लागि इन्जिनियरिङ काउन्सिलले लिएको परीक्षामा उत्तिर्ण हुनुपर्ने बताउनुभयो । सदस्यसचिव गिरीले परीक्षामा उतिर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने भएकाले नेपाल भर इन्जिनियरका रुपमा काम गर्न नपाउने बताउनुभयो । उहाँले विगतमा जसले इन्जिनियरको प्रमाणपत्र पाउनेहरुले पुनः काउन्सिलले लिने परीक्षा दिनु नपर्ने बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले परीक्षाको निरीक्षण गर्नुभएको छ । उहाँले परीक्षा निरीक्षण पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै काउन्सिलले लिन लागेको परीक्षा राम्रो भएको भन्दै आफू प्रभावित भएको बताउनुभयो ।

उहाँले इन्जिनियर बन्नको लागि निष्पक्षता र गुणस्तरियताको ग्यारेन्टी गर्ने विधि प्रयोग भएको भन्दै इन्जिनियर भएर व्यवसाय गर्न परीक्षामा कसैको भनसुन नलाग्नेमा ढुक्क भएको बताउनुभयो । उहाँले काउन्सिलले लिने इन्जिनियर व्यवसाय गर्न परीक्षा प्रणालीले देशमा हुने निर्माणका कामहरुलाई उन्नत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, काउन्सिलका अध्यक्ष पदम शाहीले विगतका विश्व विद्यालयको इन्जिनियरिङ उत्तीर्ण भएको प्रमाणपत्रका आधारमा काउन्सिलमा दर्ता भएर काम गर्न पाउने व्यवस्था रहेकाले परीक्षा प्रणाली नभएको बताउनुभयो । उहाँले भर्खरै संशोधन भएको ऐन अनुसार अब मान्यता प्राप्त विश्वविद्यालयबाट पाएको प्रमाणपत्र लिएर काउन्सिलले लिने परीक्षा उत्तीर्ण भएपछि मात्रै इन्जिनियर व्यवसायको रुपमा काम गर्न पाउने भएको बताउनुभयो ।

उहाँले काउन्सिलले लिने परीक्षाको मुख्य उद्देश्य विश्वविद्यालयहरुलाई गुणस्तरीय शिक्षाको विषयमा सुझाव दिने भएको बताउनुभयो । उहाँले परीक्षा लिँदा इन्जिनियर व्यवसायलाई गुणस्तर र मर्यादित बनाउने गर्ने विश्वास रहेको बताउनुभयो ।

अध्यक्ष शाहीले पहिलो पटक २ हजार ६ जना इन्जिनियरहरु परीक्षामा सहभागि रहेको बताउनुभयो । काउन्सिलले दुई दिन परीक्षा लिएर तत्कालै परिक्षाको नतिजा प्रकाशित गर्ने उहाँको भनाई छ । उहाँका अनुसार परीक्षा कम्प्युटर प्रविधिमार्फत हुने बताउनुभयो ।

इन्जिनियरिङ काउन्सिलले विगतमा इन्जिनियर पढ्ने विद्यार्थीहरुसँग परीक्षा लिने गरेको थिएन । काउन्सिलले विश्व विद्यालयबाट इन्जिनियरिङ उत्तिर्ण प्रमाणपत्रका आधारमा परीक्षा बिना लाइसेन्स दिएर इन्जिनियरको रुपमा काम गरिरहेका थिए । तर अब इन्जिनियरिङसम्बन्धी कुनै पनि व्यवसाय गर्नको लागि काउन्सिलको परीक्षा उत्तीर्ण भएर अनुमति पाएपछि मात्रै काम गर्न पाउने नियम लागू भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }