बुधबार, असार ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ललितपुर मेयर कप महिला क्रिकेट: आयोजकविरुद्धको खेलमा मधेस विजयी


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १३, २०७९
  • 188
    SHARES

काठमाडौँ । मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस प्रदेश एक विकेटले विजयी भएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ललितपुर मेयर्सले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर ९६ रन बनायो । मधेस प्रदेशले ९७ रनको विजयी लक्ष्य १९ दशमलव दुई ओभरमा नौ विकेट गुमाएर पूरा ग¥यो । मधेसका लागि सरस्वती कुमारीले अविजित ३२, एलिसा यादवले १६ र सीमा कँवरले १५ रन बनाइन् । बलिङतर्फ ललितपुर मेयर्सकी सोनी पाख्रीन र कृतिका मरासैनीले दुई दुई तथा अश्मिना कर्माचार्य र मनिषा उपाध्यायले एक एक विकेट लिइन् ।

यसअघि ब्याटिङ गर्दै ललितपुर मेयर्सका लागि सोनी पाख्रीनले ३४, लक्ष्मी चौधरीले २३ तथा सृष्टी जैसीले १५ रन बनाइन् । बलिङतर्फ मधेसका लागि सरस्वती कुमारीले दुई तथा कविता गौतम, रोजी कडारी र अनुराधा चौधरीले एक एक विकेट लिइन् । जितसँगै मधेस प्रदेश अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । आयोजक ललितपुर मेयर्स जितबिहीन रहँदै अङ्क तालिकाको पुछारमा छ ।

ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत केहीबेरमा कीर्तिपुरस्थित मैदानमा अर्को खेल कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }