सोमवार, बैशाख ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारले रंगमञ्चलाई वास्ता गरेन : अभिनेता खनाल


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १३, २०७९
  • 254
    SHARES

काठमाडौं । ६२औँ रंगमञ्च दिवस मनाइएको छ। सोमबार काठमाडौंमा विभिन्न सांकेतिक कार्यक्रमहरू गरी रंगमञ्च दिवस मनाइएको हो।

कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले रंगमञ्च दिवस मनाएको ६२औँ वर्ष भए पनि अझै रंगकर्मीहरूले त्रिपालमुनि बसेर कार्यक्रम गर्नु दुःखद रहेको बताए।

साथै उनले अझैसम्म पनि रंगकर्मीहरूले श्रमिकको दर्जा दिइयोस् भनेर राज्यसँग आवाज उठाउनु दुःखद रहेको बताए।

अभिनेता खनालले सरकारले रंगकर्मीहरूलाई बेवास्ता गरेको आरोप लगाए। उनले भने, ‘हामी ६२औँ रंगमञ्च दिवस मनाइरहेका रहेछौँ, तैपनि हाम्रो स्थिति त्रिपालमुनि नै रहेछ, दयनीय नै रहेछ, श्रमिकको दर्जा दिइयोस् भन्ने आवाज ६२ वर्षपछि पनि उठाउनुपर्ने अवस्था रहेछ।’

कार्यक्रममा अभिनेत्री निशा शर्माले रंगकर्मीहरूका लागि सरकारले आफ्नै एउटा भवन बनाइदिनुपर्ने बताइन्। उनले सरकारसँग भवनका लागि बजेट माग गरेको र आगामी आर्थिक वर्षको बजेटमा स्थान दिने कुरा भएको पनि उल्लेख गरिन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }