शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वमा झण्डै ३० करोड मानिसको रोजगारी गुम्नसक्ने


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १५, २०७९
  • 208
    SHARES

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात ए.आई.ले विश्वमा झण्डै ३० करोड मानिसको रोजगारी गुम्नसक्ने एक अध्ययनले देखाएको छ ।

अमेरिकी बहुराष्ट्रिय लगानी बैंक ‘गोल्डम्यान साक्स’ले गरेको अध्ययन अनुसार ए.आई अर्थात ‘कृत्रिम मुद्धिमता’ले आगामी दिनमा संसारमा ३० करोड रोजगारी घटाउन सक्छ ।

‘च्याट जिपिटि’ जस्ता ए.आई.को विकासले मानव श्रम र स्रोत साधन उपभोग गर्नुपर्ने बाध्यताबाट रोजगारदाता कम्पनीहरुलाई मुक्त गराउनेछ ।

यसले अमेरिका र युरोपियन श्रम बजारबाट एक चौथाई परम्परागत रोजगारी प्रतिस्थापन हुनसक्छ ।

ए.आई.को प्रयोगले विश्वव्यापी रूपमा वस्तु र सेवाहरूको उत्पादनमा भने ७ प्रतिशतको बृद्धि हुने अध्ययनको निष्कर्ष छ ।

प्रतिवेदन अनुसार विश्वका अहिलेका ६० प्रतिशत कामदारहरू सन् १९४० भन्दा अगाडि अस्तित्व नभएका पेशाहरूमा छन् ।

सन् १९८० को दशकमा आएको प्राविधिक परिवर्तन र दक्षताले रोजगारी सृजना गर्नुभन्दा छिटो कामदारहरूलाई विस्थापित गरेको देखिन्छ ।

ए.आईको अहिलेको विकासलाई सूचना–प्रविधिको अघिल्लो प्रगति जस्तै मान्ने हो भने निकट भविष्यमा यसले विश्वमा अभूतपूर्व गतिमा रोजगारी घटाउन सक्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }