बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

ललितपुर मेयर्स कप : एपिएफलाई उपाधि


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १६, २०७९
  • 150
    SHARES

काठमाडौं । कोशी प्रदेशमाथि ५४ रनको जित निकाल्दै विभागीय टोली एपिएफले ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले कोशी प्रदेशलाई पराजित गर्दै लगातार तेस्रो पटक उपाधि उचालेको हो । एपिएलले अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम प्रदेशलाई समान आठ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । बिहीबार सम्पन्न फाइनलमा एपिएफले प्रस्तुत गरेको एक सय ५५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १ सय रन मात्र बनाउन सक्यो ।

कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३५ रन जोडिन् । यसैगरी लकिता राजजंशीले अविजित २१ र अप्सरी बेगमले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

कोशीलाई सस्तैमा समेट्ने क्रममा एपिएफका लागि बिनु बुढा मगरले दुई तथा सोनु खड्का, नेरी थापा र रेखा रावलले समान एक/एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले पूरै २० ओभरमा १ सय ५४ रनको योगफल बनाएको थियो । शुरुवातबाट नै एपिएफले आक्रामक ब्याटिङ गरेको थियो । सो क्रममा ललितपुर मेयर्स कपमा एपिएफले बनाएको सर्वाधिक ठूलो स्कोर पनि हो ।

यसअघि सन् २०२१ को पहिलो संस्करणमा ललितपुर मेयर्स–११ ले लुम्बिनी प्रदेशबिरुद्ध १ सय ४४ रन बनाएको थियो । एपिएफका लागि कप्तान सीता राना मगरले ६८ बलमा ९ चौका र २ छक्काको मद्दतमा अविजित ७९ रन जोडिन् । यो ललितपुर मेयर्स कपको एक इनिङमा सबैभन्दा उच्च व्यक्तिगत योगफल हो । यसअघि पहिलो संस्करणमा ललितपुरकी सुमन खतिवडाले लुम्बिनी प्रदेशविरुद्ध ७७ रन जोडेकी थिइन् ।

यसैगरी इन्दु वर्मा ४१ बलमा ५ चौका र १ छक्काको मद्दतमा ५१ रनमा अविजित रहिन् । दोस्रो विकेटका लागि सीता र इन्दुले अविजित १ सय ३६ रनको साझेदारी गरेका थिए । यो ललितपुर मेयर्स कपमा कुनैपनि विकेटको लागि भएको उच्च साझेदारी हो । यसअघि पहिलो संस्करणमै ललितपुरका सुमन खतिवडा र अश्मिना कर्माचार्यले छैटौं विकेटका लागि लुम्बिनीविरुद्ध अविजित १ सय ८ रनको साझेदारी गरेका थिए । कोशीका लागि एक मात्र विकेट अलिशा खडियाले लिइन् ।

एपीएफ समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको थियो । समूह चरणमा तीन खेलमा जित र एकमा हारको नतिजासहित दोस्रो स्थानमा रहेर कोशी फाइनल पुगेको थियो ।

प्रतियोगितामा नेपाल एपिएफ क्लबकी सीताराना मगर सर्वोत्कृष्ट खेलाडी घोषित भइनन् । यस्तै, कोशीकी कप्तान रुविना क्षेत्री उत्कृष्ट ब्याटर र युवा तिव्र गतिकी बलर निशा शाह बलर घोषित भइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }