शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जनकपुर उपमहानगर प्रमुखसँग अमेरिकी राजदूतको भेट


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १७, २०७९
  • 146
    SHARES

जनकपुर । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले आज जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहसँग उपमहानगरपालिकाको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा उपमहानगर प्रमुख साहले राजदूत थम्पसन, वहाँकी धर्मपत्नी, अमेरिकी विकास सहयोग संस्थाका निर्देशक सेफिद किवेंशाद तथा अमेरिकी दूतावासका अधिकृतहरुलाई आगमन गम्छा ओढाई स्वागत गर्नुभएको थियो ।

भेटका अवसरमा उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको परिचयात्मक कार्यक्रम गरिएको थियो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशिले उपमहानगरपालिकाको परिचय तथा हालका कार्यक्रम लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको उपमहागरपालिकाले जनाएको छ ।

उक्त अवसरमा महामहिम राजदूतले जनकपुरधाम उपमहानगरपालिकाको तर्फबाट हाल भइरहेका तथा आगामी गतिविधिबारे गरिएको प्रस्तुतीकरणमा उपमहानगरपालिकाको तर्फबाट भएका कार्यको प्रशंसा गर्नुका साथै महिला सशक्तीकरण र सीमान्तकृत समुदायको हकहित विषयमा भइरहेका कार्यबारे जिज्ञासा राख्नुभएको थियो ।

उपमहानगर प्रमुख साहले जनकपुरधाम एक विश्व प्रसिद्ध मिथिला, सांस्कृतिक र सामाजिक धार्मिक शहर रहेको भन्दै यसको आर्थिक सामाजिक विकासमा सांस्कृतिक, पर्यटन र कृषि क्षेत्रको ठूलो योगदान पुग्ने भएकोले यसको विकासको लागि बाह्य सहयोग तथा लगानीको आवश्यकतामा जोड दिनुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत शशिले मूल्य तथा आपूर्ति शृङ्खलामा आबद्ध गरी कृषि औद्योगिकरण एवं पर्यटन पूर्वाधारमा सार्वजनिक निजी साझेदारी अवधारणामा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन उपमहानगरपालिका तत्पर रहेको विषयवस्तुमा जानकारी दिनुभयो ।

उपमहानगरपालिकाको तर्फबाट प्रमुख साहले राजदूतलाई जानकी मन्दिरको उपहार प्रदान गर्दै जनकपुरधाम र संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहर बीच भगिनी सम्बन्ध कायम गर्न उपयुक्त हुने विचार प्रस्तुत गर्नुभयो।

राजदूत थम्पसनले जनकपुरधाम उपमहानगरको भ्रमण गर्न पाउँदा आफू हर्षित भएको र उपमहानगरपालिकाको तर्फबाट प्रस्तुत गरिएको आतिथ्यता र सौहार्र्दपूर्ण स्वागतका लागि धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }