बुधबार, बैशाख २६, २०८१

अर्थतन्त्रमा विकराल अवस्था आयो : वरिष्ठ उपाध्यक्ष ढकाल


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १७, २०७९
  • 235
    SHARES

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रले दिएका सुझाव कार्यान्वयन नगर्दा अर्थतन्त्रमा विकराल अवस्था आएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा भएको २४ औं फ्लोरा एक्स्पो कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोरोना महामारी कम भएसँगै निजी क्षेत्रले दिएका सुझावलाई सरकारले समयमा कार्यान्वयनमा ल्याउन नसक्नु वर्तमान समस्याको कारक भएको दाबी गर्नुभएको हो ।

उहाँले मुलुकको र्थतन्त्रमा वर्तमान अवस्था आउँछ भनेर पहिला नै सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो । उहाँले सरकारले निजी क्षेत्रले दिएका सुझावलाई सरकारले प्राथमिकता नदिएको आरोप लगाउनुभयो ।

ढकालले सरकारले करिब ६ महिना आयातमा प्रतिवन्ध लगाएपनि नाकामा कडाई नहुँदा सवारी साधनमा आउने भन्दा बाहेक अन्य समानमा रोक नभएको बताउनुभयो । उहाँले त्यसरी नाकाबाट आउने सामान नियन्त्रण गर्न नसक्दा सरकारले अर्बौं राजश्व गुमाएको बताउनुभयो ।

उहाँले सरकारले प्राप्त राजश्व संकलन गर्न नसक्दा कर्मचारीलाई तलब समेत खुवाउन नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले सरकारले निजी क्षेत्रले उठाएका मागलाई निजी क्षेत्रको मात्र हो भनेर बुझ्न नहुने बताउनुभयो । उहाँले निजी क्षेत्रले उठाएका विषयलाई सरकारले गम्भिर रुपमा लिएर नीति नियम बनाउन सके अर्थतन्त्र सुधार हुन समय नलाग्ने बताउनुभयो ।

त्यस्तै, फ्लोरिकलचर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बैंक तथा वित्तिय संस्थाहरुले गर्ने लगानीमा कृषि क्षेत्रलाई प्राथमिकतामा नराखेको बताउनुभयो । उहाँले बैंकहरुले कृषि क्षेत्रलाई अन्य क्षेत्रसँग हालेर कर्जा प्रवाह गरिरहेको भन्दै वास्तविक कृषकहरुले कर्जा पाउन नसकेको बताउनुभयो । उहाँले सरकारले अन्य बैंकसँग नभएपनि कृषि विकास बैंकसँग समन्वय गरेर कृषि क्षेत्रमा प्रवाह हुने कर्जाको समय अवधि बढाउन माग गर्नुभयो ।

उहाँले फ्लोरिकलचर क्षेत्रमा लगानी गर्दा लगानीको ८० प्रतिशत लगानी भौतिक पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै २० प्रतिशत कृषिमा लगानी गरेर ५ वर्षका कर्जा चुक्दा गर्नसक्ने अवस्था नभएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }