बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मन्त्री र सचिवले सुराकीको नाममा गर्ने खर्च खारेज गर्ने मन्त्री श्रेष्ठको निर्णय


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १७, २०७९
  • 203
    SHARES

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गर्नुभएको छ ।

शुक्रवार गृहमन्त्रीको रुपमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रुपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गर्नुभएको हो । उहाँले आफूले गरेको सो निर्णय पारित गर्नका लागि मन्त्रिपरिषद्मा लाने बताउनु भयो । त्यसैगरी उहाँले मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्नका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने पनि फाइलमा हस्ताक्षर गर्नुभएको छ । सो फाइलपनि निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘मैले पदबहाली गर्दा दुईवटा विषयमा फाइलमा हस्ताक्षर गरेको छु । त्यो दुईवटै विषय प्रश्तावको रुपमा मन्त्रीपरिषद्को बैठकमा पेश गरिनेछ । एउटा, अहिलेसम्म मन्त्री, सचिवले सुराकीको नाममा खर्च गर्ने जो प्रणाली थियो, नियमावली थियो हाललाई त्यो खारेज गरिएको छ । र त्यसलाई मन्त्रिपरिषद्मा निर्णयका लागि प्रश्तुत गर्ने मैले प्रश्तावमा सही गरेँ । त्यो मन्त्रिपरिषद् जान्छ । दोस्रो, अहिलेको एउटा मुख्य समस्या मिटरब्याजीको समस्या छ । मिटरब्याजी पीडितहरुलाई न्याय दिन र २१ औँ शताब्दीको आजको लोकतान्त्रिक नेपालमा पनि सामन्तवादका अवशेषहरु जुन रुपमा देखा पर्दैछन् । अत्यन्त पीडाको विषय हो हामी सबैका लागि । त्यसलाई समाधान गर्न मन्त्रिपरिषद्ले कानूनलाई केही संशोधन गर्नेगरी विधेयक तयार पनि पारिसकेको छ । यहीबाट प्रश्ताव गरेर त्यो अगाडी बढीसकेको छ । आजको मेरो निर्णय एउटा सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने हामीले प्रश्ताव गरेका छौँ । त्यो आयोगको नामावलीसहित हामीले मन्त्रिपरिषद्मा पेस गर्नेछौँ । त्यसले सम्पूर्ण अनुशासन गरेर यो प्रक्रियालाई निरुपण गर्न र न्याय दिन प्रभावकारी कदम चाल्नेछ । यो पनि आजको निर्णय हो ।’

उहाँले मातहतका कर्मचारीहरुलाई समयको पालना गर्न निर्देशन दिनुभयो । समय पालनाको अवज्ञालाई छुट नदिने उहाँले बताउनु भयो । मन्त्री श्रेष्ठले आफुलाई कुनैपनि प्रकारको चाकरी नगर्न र उपहार लिएर नआउन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }