बिहिबार, बैशाख २७, २०८१

सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक : सचिव राउत


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १७, २०७९
  • 127
    SHARES

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समाजको सबै क्षेत्रमा प्रभाव पार्ने सञ्चार क्षेत्रले सरकारको वार्षिक नीति तथा कार्यक्रमका साथै बजेट निर्माणमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । सञ्चार मन्त्रालयमा आज पदवहाली गर्दै सचिव राउतले सञ्चार क्षेत्रले मुलुकको आर्थिक विकास, उत्पादन क्षेत्र र सेवा प्रवाहलाई जोड्नुपर्छ भन्नुभयो ।

प्रदेश सरकारको सञ्चार ऐन निर्माणका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले सञ्चार क्षेत्रलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो । तीव्ररूपमा भइरहेको प्रविधिको विकासले सञ्चार क्षेत्रमा थप चुनौती र अवसर देखापरेको उल्लेख गर्दै उहाँले मन्त्रालय मातहतका जिम्मेवार सबै निकायको सहयोग र सहकार्यबाट समस्या समाधान गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

सचिव राउतले समाजमा बढ्दो साइवर अपराधलाई न्यूनीकरण तथा नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । “समग्र समाजलाई गतिशील र चलायमान बनाउने सूचना प्रविधिको क्षेत्रलाई विस्तार गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }