शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गीतकार पुष्पा खनालका दुई गीत सार्वजनिक


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १०, २०८०
  • 203
    SHARES

गीतकार पुष्पा खनालका दुई गीत सार्वजनिक

काठमाडौं  वैशाख, २०८० । गीतकार पुष्पा खनालका दुई गीत ‘माया केवल माया ‘र ‘जिउनुपर्छ’ आज सार्वजनिक गरिएका छन् । नेपाल स्रष्टा समाजले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा यी गीतहरू सार्वजनिक गरिएका हुन् । गीतकार खनालकी आमा दमन्ता खनालको जन्मदिनको अवसर पारेर गीत सार्वजनिक गरिएको हो ।

‘माया केवल माया’मा अञ्जु पन्त र सरोज कोइरालाको स्वर रहेको छ । यसको सङ्गीत यसका गायक सरोज कोइरालाले नै गरेका हुन् । ‘माया केवल माया’को फिमेल भर्सन आज सार्वजनिक गरिएको हो । यसको मेल भर्सन दुई वर्ष अघि नै सार्वजनिक गरिएको थियो । त्यस्तै अर्को गीत ‘जिउनुपर्छ’मा नरेन्द्र प्यासीले स्वर र सङ्गीत दुवै दिएका छन् ।

खनालको गत वर्ष आजकै दिन सार्वजनिक गीत ‘प्यासी प्यासी’ले यस वर्षको ज्योति फिल्म्स् म्युजिक अवार्डमा उत्कृष्ट पप आधुनिक गीतको सर्वोत्कृष्ट अवार्ड जितेको थियो ।

दुवै गीत गीतकार खनालको युट्युव च्यानल दीपुष्पा क्रियसन्स्  (DeePushpa Creations) मा सुन्न सकिन्छ ।

खनालले प्रत्येक वर्ष आमाको जन्मदिनको अवसरमा गीत सार्वजनिक गर्ने गरेकी छिन् । त्यस्तै आमाको नाममा स्थापना गरिएको ‘दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मान’ पनि यसै दिन अर्पण गरिएको छ । यस पटक धरान सुनसरीकी नारी स्रष्टा यमुना पराजुली अधिकारीलाई ‘दमन्ता खनाल स्मृति नारीस्रष्टा सम्मान’ प्रदान गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }