
मुक्तकहरू :
नक्कली भुटानी शरणर्थी बन्ने लहर आएछ
नेताहरूलाई मानव तस्कर गर्ने रहर भएछ
जनतालाई मात्र हतकडी लगाउँने प्रहरिलाई आज
आफ्नै नेताहरूलाई समाउँनै पर्ने कहर लागेछ ।
—-OOOO—-
कयौँ घोटालाहरू छानबिन समितिले पचाए
जनतालाई झुक्क्याएर भ्रष्टाचारीलाई बचाए
नेपालका नेताहरू नै मानव तस्कर भनी
यसपालि त विदेशीले आफ्नो चासो जनाए ।
—-OOOO—-
-राम लामा अविनाशी