बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

श्रम विभाग कमजोर बन्यो, अहिले कता छ थाहा छैन : मन्त्री भण्डारी


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १३, २०८०
  • 89
    SHARES

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम विभाग कमजोर बनेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित श्रम, रोजगार पत्रकारिता पुरस्कार, २०७९ हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

उनले वैदेशिक श्रमसम्बन्धी सबै कामहरु पहिला श्रम विभागले गर्ने भएपनि अहिले विभाग कमजोर हुँदा मन्त्रालयमा भार परेको बताए। उनले आफैँले बोल्ने वाक्यहरुले आफैँलाई पिरोल्ने गरेको बताए। श्रमको क्षेत्रलाई मर्यादित र सम्मानित बनाउन आवश्यक रहेको उनको भनाइ छ।

मन्त्री भण्डारीले मुलुकभित्र श्रमका अवसर सिर्जना गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुग्ने कुरामा नेपालले जोड दिइरहेको बताए। उनले श्रमको क्षेत्रलाई सुव्यवस्थित रुपमा सुरक्षित र भरपर्दो बनाउनसके सबै श्रमीकहरुको लागि राम्रो अवसर हुने बताए। उनले श्रमको ग्लोवलाइजेशनको फाइदा लिनसके देशलाई नयाँ सिराबाट अघि बढाउन सहयोग पुग्ने बताए।

उनले भने, ‘हामीले श्रमको क्षेत्रलाई यसलाई डिग्रिफायर गर्नुपर्छ। मर्यादित, सम्मानित कसरी बनाउने? यसलाई सुरक्षित कसरी गर्ने? सरकारले लिएको लक्ष्य र मन्त्रालयको उद्देश्य पनि त्यही नै हो। मुलुकभित्र श्रमका अवसर सिर्जना गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुग्ने कुरादेखि यदी यसलाई सुव्यवस्थित हिसावले सुरक्षित र भरपर्दो हिसावले इमान्दारीपूर्वक अघि बढाउने हो भने सबैको राम्रो छ। म एउटा कुरा बारम्बार भन्ने गर्छु, अलि चर्को बोल्दिन्छु, त्यसकारण आफ्नो बोलीले आफैँलाई नै बेलाबेलामा अफ्ठ्यारो पार्ने गर्छ। अस्ति मैले कता बोलेँ, मैले के बोलेँ भने यो श्रम तथा रोजगार मन्त्रालय हो, यसले श्रमीकले पाउने सुविधा र समस्या हेर्नुपर्ने हुन्छ तर अहिले मन्त्रालयले धेरै भन्दा धेरै वैदेशिक रोजगारकै मात्रै कुरा गरिरहेका छाैं। मुलुकभित्रको श्रम र श्रमीकको अवस्था के छ? भन्नेकुरा श्रम विभाग छ, पहिला श्रम विभाग नै थियो, श्रम विभाग अहिले कता छ भनेर मैले त भन्नु हुने की नहुने थाहा छैन, तर कमजोर अवस्थामा छ। त्यसैले मैले यसको नाम नै वैदेशिक मन्त्रालय राखिदिऔँ की क्या हो भनेको, ठूलो अक्षरमा ल मन्त्रीले त वैदेशिक रोजगार मन्त्रालय बनाउन खोज्यो भनियो। बोल्दा धेरै अफ्ठ्यारो हुने गर्दो रहेछ। हामीले अहिले चर्को हिपोक्रेटी कुरा गरेर केही पनि फाइदा छैन। अहिलेको ग्लोवलाइजेशनको फाइदा हामीले लिनुपर्छ। हामीले यसलाई अवसरका रुपमा लिने हो भने देशलाई नयाँ सिराबाट अघि बढाउन सकिन्छ।’

मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गरे। उनले मन्त्रालयले अहिले सोही विषयमा छलफल गरिरहेको छ र १० दिनभित्रमा ऐन परिमार्जनको ड्राफ्ट बनाउने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }