शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आमाछोदिङमोलाई देशकै नमूना पालिका बनाउँछु


  • माउन्टेन खबर
  • मङ्लबार, साउन ३०, २०८०
  • 468
    SHARES

बुचुङ तामाङ
अध्यक्ष
आमाछोदिङमो गाउँपालिका रसुवा

नेपाल प्राकृतिक सम्पदाले धनी मुलुक हो । नेपाललाई हिमाल, पहाड र तराई गरी तिन भागमा विभाजन गरिएको छ । हिमालमा हिउँ, पहाडमा डाँडा र तराईमा समथर भूभाग रहेको छ । जसमध्ये नेपालको हिमाली जिल्ला रसुवा प्राकृतिक र धार्मिक महत्वले धनी जिल्ला हो । देशको संघीय राजधानीदेखि झण्डै १०० किलोमिटर उत्तरमा रसुवा जिल्ला पर्दछ । रसुवा जिल्लाका धार्मिक स्थल पार्वतीकुण्डबाट नामाकरण गरिएको पार्र्वतीकुण्ड गाउँपालिकालाई तामाङ भाषामा आमाछोदिङमो नामाकरण गरिएको छ । उक्त गाउँपालिकाको क्षेत्रफल ६८३ वर्ग किलोमिटर रहेको छ । यस गाउँपालिकामा कुल ७३५२ जनसंख्या रहेको छ । जलश्रोत हिसावले ज्यादै धनी आमाछोदिङमो गाउँपालिकाको विशेषता भनेको यहाको चिलिमे ,सानजेन र त्रिसुली जलविधुत आयोजना हो । सो गाउँपालिकामा हरेक वर्ष हजारौ नेपाली तथा विदेशी घुम्न जाने गर्छन् । पर्यटकीय, जलविद्युत र पशुपालनको सम्भावना बोकेको आमाछोदिङमो गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिकाका रुपमा अगाडि बढाउने लक्ष्यका साथ दोस्रोपटक उक्त स्थानीय तहको नेतृत्व लिनुभएका गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङसँग गरिएको कुराकानीको सम्पादित अंश ।

यहाँले आफ्नो पहिलो कार्यकाललाई कसरी नियाल्नुभयो ?

जब म विस २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन नयाँ शक्ति पार्टीको तर्फबाट अध्यक्ष पदमा निर्वाचित भयाँ । मेरो सपना सुन्दर र समृद्ध गाउँपालिका निर्माण गर्नु थियो । सोहीअनुसार म निर्वाचित भएसँगै कतिपय वस्तीमा मोटरबाटो पुगेको थिएन सोही वस्तीमा मोटरबाटो पु¥याउनका लागि प्रदेश सरकार र संघीय सरकारका सांसदसँग सहकार्य गरेर मोटरबाटो पु¥याउने काम अगाडि बढायाँ । आमाछोदिङमो गाउँपालिकाको वडा नं १ र २ जोड्ने त्रिशुली खोलाको हाकुबेशीमा मोटर गुड्ने पुल निर्माण गरेँ । विस २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेको विद्यालयहरुलाई पुननिर्माण गर्नका लागि नयाँ तथा पुराना भवन निर्माण तथा मर्मतसम्भारको कामलाई अगाडि बढायाँ । एक घर एक धारा निर्माणको कामलाई प्राथमिकतामा दिएर सबै घरभित्र खानेपानी धारा निर्माण सम्पन्न गरियो । खर्क जाने गोरेटोबाटो निर्माणलाई समेत सम्पन्न गरेँ ।

तपाईँ आफ्नो पहिलो कार्यकालबाट सन्तुष्ट हुनुहुन्छ ?

पहिलो कार्यकालमा म आफ्नो कामप्रति केही हदसम्म सन्तुष्ट भएपनि सोचेजस्तो गर्न सकिन । म पहिलोपटक अध्यक्ष हुँदैगर्दा मैले लिएको नीतिअनुसार केही काम हुन नसकेकाले मैले विस २०७९ सालमा सम्पन्न स्थानीय तहमा पुन अध्यक्ष पदमा उम्मेदवार दिएको हुँ । मैले गाउँपालिकाको विकासका लागि गरेको राम्रा कामका कारण मलाई त्यस क्षेत्रका जनतालाई पुनः अध्यक्ष पदमा दोहोरिने मौका प्रदान गरे । म यस अन्तवार्तामार्फत त्यस क्षेत्रका जनतालाई सम्झन र धन्यवाद दिन चाहन्छु । मैले पहिलो कार्यकालमा गरेका कामलाई अझ व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाई समृद्ध गाउँपालिका निर्माण गर्न चाहन्छु ।

समृद्ध गाउँपालिका निर्माण के सोच्नुभएको छ ?

मेरो गाउँपालिका प्राकृतिक, सांस्कृतिक र धार्मिक हिसाबले अन्त्यन्त धनी गाउँपालिका हो । मैले गाउँपालिकाभित्र भएका प्राकृतिक, सांस्कृति र धार्मिक सम्पदालाई प्रयोग गर्दै समृद्ध पालिका निर्माण गर्न लागिरहेको छु । जसमा आमाछोदिङमो गाउँपालिकाभित्र हजारौँ मेगावाट जलविद्युत उत्पादन गर्न मिल्ने खोला र नदीनाला रहेका छन् । अहिलेसम्म झण्डै ५०० मेगावाट बराबरको आयोजनाहरु निर्माण कार्य जारी छ । उक्त जलविद्युत गृहमा पालिकाभित्रका सबै जनतालाई प्रतिनिधित्व गराउनका लागि गाउँपालिका लागिरहेको छ । मेरो गाउँपालिकाभित्र सयौँ, खोलानाला, पोखरी र धाराहरु छन् । त्यसलाई संरक्षण गरेर त्यहाँ पानी उद्योग स्थापना गरि स्वदेश तथा विदेशका विभिन्न स्थानमा लैजाने उदेश्य लिएको छु । सामाजिक उत्तरदायित्व अन्तर्गतबाट गाउँपालिकाको विकास निर्माणमा जोड दिँदै आएको छ । यस्तै, पशुपालनलाई सामुहिक रुपमा अगाडि बढाउन लागेको छु । पशु विमा गाउँपालिकाबाट गर्ने व्यवस्था मिलाउन लागेको छु जसले गर्दा किसानलाई राहत मिल्नेछ । पशुपालन प्रवद्र्धनको लागि याक र चौँरी वितरण गरिसकेको छु । यस्तै, किसानलाई अध्यारोबाट मुक्त बनाउनका लागि सोलार बत्ती वितरण गरिएको छ ।

गाउँपालिकाभित्र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि दरबन्दी शिक्षक बाहेक गाउँपालिकाबाट निजी स्रोतमा तलबभत्ता व्यवस्था गरी शिक्षकहरु नियुक्ति गरिएको छ । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई निःशुल्क ट्युसनको व्यवस्था गरिएको छ । विद्यार्थीहरुलाई ड्रेस वितरण गर्ने योजना गाउँपालिकाले लिएको छ । शिक्षासँगै खेलकुद क्षेत्रलाई अगाडि बढाउनका लागि गाउँपालिकाले खेल प्रशिक्षणको व्यवस्था गरेको छ । यस्तै, स्वास्थ्य अन्तर्गत प्रत्येक स्वास्थ्य चौकीमा नेपाल सरकारबाट खटाएको दरबन्दी कर्मचारी बाहेक गाउँपालिकाको नीजि स्रोतमा करारमा कर्मचारी खटाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । गर्भवती महिलाहरुलाई घरघरमै पुगेर भिडियो एक्सरे चेकजाँच गरिँदै आएको छ । ज्येष्ठ नागरिकहरुलाई महिनाको एक पटक घरमै पुगेर स्वास्थ्य परिक्षण गर्दै आइरहेको छ । स्वास्थ्य क्षेत्रलाई जनविश्वास तथा प्रभावकारी बनाउन टोल वस्तीमा माईकिङ, सडक नाटकजस्ता कार्यक्रमको आयोजना गरिँदै आएको छ । पर्यटनको विकासका लागि सान्जेन भ्यालीलाई प्रवद्र्धन गर्न गुरुयोजना तयार गरिएको छ । यस्तै, गाउँपालिकाभित्र उत्पादन हुने स्थानीय खानालाई पर्यटनसँग जोड्नका लागि होम स्टे निर्माण बनाइसकिएको छ । यसलाई प्रभावकारी ढंगले अगाडि बढाउनका लागि गाउँपालिकाले विभिन्न पर्यटकीय गतिविधिलाई समेत अगाडि बढाएको छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

वार्षिक लाखौँ आन्तरिक पर्यटक देशका विभिन्न ठाउँमा घुम्न जाने गर्नुभएको छ । आमाछोदिङमोमा तातोपानी मेलासमेत लाग्ने गरेको छ । तातोपानीमा नुवाएमा शरिरभित्र लाग्ने विभिन्न रोगहरु निको हुने धार्मिक विश्वास समेत रहेको छ । देशका विभिन्न भागमा जाने आन्तरिक पर्यटकलाई एकपटक रसुवाको आमाछोदिङमो गाउँपालिकालाई भ्रमण गरेर नेपालको हिमाली क्षेत्रको बारेमा जानकारी लिन तथा तातोपानी मेलाको बारेमा जानकारी लिन अनुरोध समेत गर्दछु । साथै यसलाई विकास गर्नका लागि आवश्यक सुझाव र सल्लाह दिन आग्रह समेत गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }