शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एप्पलले भारतमा घरेलु कम्पोनेन्ट उत्पादन बढाउने


  • माउन्टेन खबर
  • सोमवार, भदौ ११, २०८०
  • 216
    SHARES

एजेन्सी । कोभिड–१९ महामारीले प्रकोपको केन्द्र चीनमा पनि असर गर्नुका साथै यसले उत्पादन पनि समस्याहरू निम्त्याएको थियो। यसै क्रममा धेरै कम्पनीहरूले भविष्यका समस्याहरूबाट बच्नका लागि भनेर आफ्ना केही उत्पादनहरू अन्य देशहरूमा सार्ने निर्णय गरेका छन्। एप्पल पनि ती कम्पनीहरू मध्ये एक भएको र यस कम्पनीले भारतमा धेरै लगानी गरेको उल्लेख गरिएको छ।

भर्खरैका समाचारहरूका अनुसार, एप्पलले भारतमा अझ धेरै गर्न चाहेको छ। कम्पनीले देशभित्रै पार्टपुर्जा बनाउने कार्यलाई वृद्धि गर्ने योजना बनाएको मनीकन्ट्रोलले रिपोर्ट गरेको छ।

एप्पलले भारतमा घरेलु कम्पोनेन्ट उत्पादन बढाउने

रिपोर्टका अनुसार एप्पलले भारतमा आफ्नो घरेलु कम्पोनेन्ट उत्पादन बढाउन खोजिरहेको छ। आईफोन निर्माताले भारतका वित्त मन्त्रालयका शीर्ष अधिकारीहरूसँगको बैठकमा आफ्नो योजनाको विवरण साझा गरेको बताईएको छ। एप्पलले आफ्नो डोमेस्टिक कम्पोनेन्ट बेस (घरेलु कम्पोनेन्ट आधार) बढाउन चासो राखेको र त्यसका लागि सक्रिय तरिकाहरू हेरिरहेको अधिकारीले बताएको उल्लेख गरिएको छ।

सो बैठक आपूर्ति शृङ्खलालाई अझ राम्ररी बुझ्न र उत्पादन प्रक्रियालाई कसरी स्वदेशी बनाउने भन्नेमा केन्द्रित भएको जनाइएको छ। त्यस्का साथै भारतमा स्मार्टफोन निर्माण उद्योगको समग्र वृद्धिको पनि समीक्षा गरिएको छ। सरकारले एप्पललाई कुनै पनि कर प्रोत्साहन दिनका लागि चासो नगरेको तर कम्पनी अझै पनि भारतमा लगानी गर्न इच्छुक रहेको छ।

यो कदम सम्भवतः एप्पलको चीनभन्दा बाहिरको आपूर्ति शृङ्खलालाई विविधीकरण गर्ने फराकिलो रणनीतिको हिस्सा भएको अनुमान छ।

एप्पलका आपूर्तिकर्ताहरूको ठूलो हिस्सा चीनमा आधारित रहेको र कम्पनीले हालैका वर्षहरूमा देशमा आफ्नो निर्भरता कम गर्न खोजिरहेको छ।

एप्पलले सन् २०१७ देखि भारतमा आईफोनहरू उत्पादन गर्दै आएको छ। कम्पनीले भारतमा आफ्ना ७ प्रतिशत आईफोनहरू बनाउँदै आइरहेकोमा आगामी वर्षहरूमा यो संख्या बढ्ने अपेक्षा गरिएको छ।

भारतमा डोमेस्टिक कम्पोनेन्ट मेनुफ्याक्चरिङ्ग (घरेलु कम्पोनेन्ट उत्पादन) बढाउने एप्पलको योजना देशको इलेक्ट्रोनिक्स उद्योगको लागि सकारात्मक विकास हुने जनाइएको छ। सरकारको पीएलआई योजनाले यस अघि नै स्मार्टफोन निर्माताहरूबाट महत्त्वपूर्ण लगानी आकर्षित गरिसकेको र एप्पलको कदमले उद्योगलाई अझ बढावा दिने सम्भावना रहेको उल्लेख गरिएको छ। साथै बढ्दो उत्पादन गतिविधिले रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रलाई बढावा दिने अपेक्षा गरिएको छ। त्यसैगरी यसले भारतलाई इलेक्ट्रोनिक्स उत्पादनको सन्दर्भमा अझ आत्मनिर्भर देश बन्न मद्दत गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }