शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बाबा


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २८, २०८०
  • 755
    SHARES

खगेन्द्र सिंह धामी

बाबा,
म सानै थिएँ कलिलो उमेर तर स्वतन्त्र
मलाई फकाउने हजुरका दर्जनौं मन्त्र
स्कुल पठाउनु हुन्थ्यो राम्रोसँग पढ भनी
खुसी हुनुहुन्थ्यो मेरा गुरुहरुको कुरा सुनी ।।

बाबा,
म स्कुल बाट घर फर्कदा पर्खाइमा बसी
पढेका कुरा सोध्नु हुन्थ्यो पलेटी कसी
याद छ मलाई टाउको सुमसुम्याको
आहा कति ज्ञानी बाबू भनी नाचाएको ।।

बाबा,
यो माया ममता धेरै किन टिक्न सकेन
भगवानले मलाई तपाईंसँग बस्न दिएन
आजभन्दा बाईस वर्ष अगाडिको कुरो हो
रुख बाट पात छुटे जस्तै बनेछु म बबुरो ।।

बाबा,
तपाईं छुट्टीएको दिन म काखमा बसेको
याद छ हजुरको ओठ बेस्सरी सुमसुम्याको
आमाले दिएको दही हजुरलाई खुवाएको
बाबा ठिक हुनुहुन्छ भनी बाजेलाई सुनाएको ।।

बाबा,
त्यहीँ एकछिन पछि तपाईं सुत्नुभयो
मैले सोचे गहिरो निद्राले जित्नुभयो
तर आमा, हजुर बुबा र छिमेकीको त्यो रोदन
दाजुभाइ दिदीबहिनीको दुखेको त्यो मन ।।

बाबा,
मैले सोचेको थिएँ हजुर उठ्नु हुन्छ भनी
मेरो कापीमा विगत जस्तै लेख्नु हुन्छ भनी
तर हाम्रो घरमा धेरै मान्छे आए हजुर उठ्नु भएन
मैले काखमा बस्न खोजे कसैले पनि बस्न दिएन ।।

बाबा,
तपाईंलाई सिङ्गारपटार गरी सबैले काँधमा बोके
मैले एकछिन पछि यताउता सबैतिर खोजे
कतैपनी भेट्न सकिन मेरो बाबालाई
धेरै मान्छे सम्झाउदै थिए आमालाई ।।

बाबा,
मैले धेरै दिन बाबा भनी बोलाए
तपाईं बोल्नु भएन म टोलाए
त्यसपछि बाबा भन्ने शब्द म सुन्न नसक्ने भए
कोहि आफ्ना बाबा सँगै भए म त्यहाँ बस्न नसक्ने भए ।।

किन कि,
मलाई मेरो बाबाको याद आउथ्यो आशु बग्थ्यो
दुखी मन समाल्न असाध्यै गाह्रो लाग्थ्यो
कसैले बाबा शब्द उच्चारण गरे टाउको निहुराउँथे
पछाडी फर्केर कमिजको बौलाले आशु पुच्थे ।।

बाबा,
तपाईंको अभाव जीवनको हरेक पाइलामा भयो
तपाईंलाई सम्झदै थाहा भएन बर्सौँ बित्यो
आमाको मन बुझाउने प्रयास नगरेको हैन
थाहा छ आमाको मन अझैसम्म बुझेको छैन ।।

बाबा,
तपाईंको साथ त दैवले लिन दिएनन्
हाम्रो दुख पिडा पनि बुझ्दै बुझेनन्
के गर्नु बुबा तपाईं बिनाको जिन्दगी अधुरो
रात त त्यस्तै हो दिन पनि लाग्छ मधुरो ।।

बाबा,
जीवनमा दुख कष्ट पिडाको कमी छैन
फेरि शत्रुहरु नभएका पनि हैन
यो सबै जित्न हजुरको आशीर्वाद काफी छ
अझै तपाईंको मनोकाङ्क्षा पुरा गर्न बाँकी छ।।

(लेखक : टोखा नगरपालिकाका शिक्षा अधिकृत हुनुहुन्छ । )

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }